नेपाल कम्युनिष्ट पार्टीका नेता जनक बर्तौलाले ईन्द्रेणी खबरसँग कुराकानीमा नेकपाको फुटको कारण ओलीको घमण्डको कारण बिभाजन भएको बताएका छन्। ओलीले आफ्नो मनोमानीको कारण पार्टी चलाएकोले नेकपा फुटमा परिणत आएको छ।
केपी ओली समूहका भक्तपुरका सांसद महेश बस्नेतका दुवै आँखा फ़ुटाईदिने नेकपा प्रचण्ड माधव समुहका युवा नेता जनक बर्तौलाले संचारमाध्यामसंग बताएका छन्।
पछिल्लो समय नेकपा दुई धार भएपछि सांसद बस्नेतले आफ्नो हैसियतलाई भुलेर नेकपाका अध्यक्ष प्रचण्डको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आईरहेका छन् ,केहि दिन अगाडीमात्र बस्नेतले तत्कालिन माओवादीको केन्द्रिय कार्यालय पेरिसडांडामा आगो लगाउने समेत बताएपछि जवाफमा नेकपाका युवा नेता जनक बर्तौलाले बस्नेतका दुवै आँखा फुटाईदिने बताएका हुन्।
Ads by AdMana.net
महेस बस्नेतले मिडियामा बोलेर नहुने र आमने साम्माने समेत हुनपनि उनले बताए ,आर आरको कुरा ,धुलिखेलको कुरा सिन्धुलीको कुरा नभुल्न पून बर्तौलाले बताएका हुन्।
प्रधानमन्त्री ओलीले संविधान विपरित सांसद विघटन गरेर देश र जनतालाई आक्रोसमा ल्याएको र द्वन्द निम्त्याएको भन्दै अब केपी ओलीलाई सडक र सदनबाटनै फाल्ने बताए।
जनताको अभिमतलाई लत्याएर ओलीले असंवैधानिक प्रक्रिया चालेको पनि उनले बताए। ओलीले विभिन्न कदम चाल्ने र एमसिसि पास गराउन खोजेको समत बर्तौलाले बताए। बर्तौलाले बस्नेतलाई विगतका कुरा नबिर्सन र धुलिखेलमा खेतै खेतमा भागेको याद गर्न समेत जानकारी गरेका छन्।
महेश बस्नेतको हैसियत सबैलाई थाहा छ ,उनका काण्ड सबैले बजेका छन् ,पदको लागि लछार बन्ने रुँदै केपी ओलीको लागि धरहराबाट हाम फाल्छु भन्दै सांसदपदमा बस्नेले प्रचण्डको बारेमा बोल्न सक्ने हैसियत नपुग्ने समेत उनले बताएका हुन्।तेस्तै केपी ओलीले चालेको कदमविरुद्द कडा आन्दोलन गरिने र पश्चाताप पारिने समेत उनले बताएका हुन्।
यो पनि पढ्नोहोस्
रावलको कटक्ष
काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी (जसपा) को ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको समाचारप्रति टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राख्न भनेका छन् । साथै प्रधानमन्त्री ओलीले ‘लम्पसार परेर शक्तिलाई मख्ख पार्ने काम गरेको’ उनको आरोप छ ।
सोमबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने!’
सोमबार मात्रै सरकारमा जाने विषयमा प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ राजेन्द्र महतोलगायतका नेताको भेटवार्ता भएको थियो । भेटमा सहभागी नेता लक्ष्मणलाल कर्णले कान्तिपुरसँगको कुराकानीमा ‘८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा भएको’ बताएका थिए ।
मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए । बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् ।
Views: 0