करिब साढे ४ अर्ब रुपैयाँको आइपीओ आउँदै; एकजनाको भागमा यति- विस्तृतमा हेर्नुहोस

२०७८ जेष्ठ २४, सोमबार २२:४३ गते २०७८ जेष्ठ २४, सोमबार २२:४३ गते २०७८ जेष्ठ २४, सोमबार २२:४३ गते

नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले १६ पुगेको छ । बोर्डको रेकर्ड अनुसार १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार

४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् । यी सबै कम्पनीको आइपीओलाई धितोपत्र बोर्डले अनुमति दिएमा प्राथमिक बजारमा कुल ४ करोड ४६ लाख

७७ हजार ६३४ कित्ता आइपीओ आउनेछ ।धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।

पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका र ३ वटा लघुवित्त कम्पनीहरु छन् । त्यस्तै,अन्य समूहको डिस मिडिया नेटवर्कले पनि आइपीओ अनुमति पर्खिएर बसेको झण्डै

१ वर्ष हुन लागेकोे छ ।यतिबेला दोस्रो बजारले नयाँ–नयाँ रेकर्ड बनाइरहँदा प्राथमिक बजार भने ठप्प भएको छ । कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्राथमिक

बजार प्रभावित बनेको छ । निषेधाज्ञा सुरु हुनुभन्दा केही समय अगाडि आयोजना प्रभावित स्थानीयलाई बिक्री थालिएको आइपीओ पनि निषेधाज्ञाका कारण स्थगित भएको अवस्था छ ।

अब निषेधाज्ञा सकिएपछि आइपीओहरु खुला हुन सक्नेछ ।आइपीओमा लगानीकर्ताको बढ्दो आकर्षणपछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ ।

फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । पछिल्लो समय आइपीओ जारी भएका कम्पनीमा १८ लाख भन्दा बढी पनि आवेदन परेको थियो ।

सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३३ लाख ८३ हजार ६६९ पुगेको छ । तथापि, एकै जनाले दुई वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था रहेको छ ।मेरोलगानी बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *