काठमाडौँ जेठ २४ भुतपुर्व र वर्तमान कार्यरत सिपाही, मेजर, कर्णेल, रथी, उपरथी, प्रधानसेनापति, रेन्जर र कमान्डो सेनाहरुलाई म राकेश कुमार शर्माको चिट्ठी । सैनिक संगठनमा अवकाश प्राप्त सेनाहरु पनि जीवित रहुन्जेल सम्म अवकाश प्राप्त भएको मानिदैन सेनाहरुले महसुस गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो ।
मुलुकको शक्ति नै सेनाहरु हो । मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन । संविधान फेरि पनि बनाउन सकिन्छ । यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ । मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस ।
सेनाहरु चुप किन ? सेनाहरु मुकदर्शक किन ? अब सेना आउ नेताहरूको शासन बाट पार लगाउनुपर्छ । अब सेना आउ नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ ।
सेनाहरु प्रजातान्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरदर्शि सोच छ । कोरोना भाइरस सं’क्रमणको म’हामारीमा नेताहरूलाई सत्ताको लागि हानथाप र राजनीतिक गर्दैमा फुर्सद छैन । कोरोनाको म’हामारीमा जनताहरुको स्वास्थ्य सँग खेलवाड भइरहेकोे छ ।
सरकार र नेताहरूले आफुले केही गर्न नसके पनि मुलुकमा सं’कट परेको समयमा क-कसलाई परिचालन गर्नुपर्ने हो ? छिटो भन्दा छिटो औषधि र खोपहरु कसरी झिकाउने औषधि, खोपहरुको जिम्मा कसलाई दिने भन्ने बारे सरकार र नेताहरू संग कोरोना भाइरस सं’क्रमणको म’हामारीमा प्रभावकारी ठोस योजना नै छैन । जिम्मा दिइयो र जिम्मा लगाइयो भने कमिसन खान र कालोबजारी गर्न पाइन्न कि भन्ने मात्र चिन्ता छ ।
मुलुकमा दोस्रो चरणको कोरोना भाइरस सं’क्रमण फैलिएको ड’र र त्रा’सको अवस्था छ । मुलुक दोस्रो चरणको कोरोना भाइरस सं’क्रमण म’हामारीको सं’कटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता स्वार्थ, खेल, मोहको झै झगडा सत्ता जोगाउने र ढाल्ने खेल भइरहेको छ ।
मुलुकको विगतको घटनाक्रम र हालको वर्तमान परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन ।
मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भएको अवस्था छ । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छन । सेनाहरुले पनि नेताहरूको नाटक मंचन र नाटकीय चित्रण हेरी रहनु भएको होला । सेनाहरु चुप किन ?
विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन । यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन । मुलुकमा कोरोना भाइरस सं’क्रमणको म’हामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ । पहिलो चरणको कोरोना भाइरस सं’क्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो । दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ ।
बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना, उपचार, भेन्टिलेटर र अक्सिजन नपाएर मृ’त्यु भएको अवस्था छ । केही औषधि पसलेहरुले कोरोना भाइरस सं’क्रमणको नक्कली औषधिको बढी मुल्य लिएर बेच्ने गरेको कुराहरू पनि सुन्नमा आएको छ । मुलुकमा ल्याउने खोपहरुमा पनि कमिसनको कुरा आएको सुनिएको छ । मुलुकमा बिजोग छ बिजोग अवस्था । सेनाहरु चुप किन ?
कोरोना भाइरस सं’क्रमण म’हामारीको भ’यावह र जटिल अवस्थामा नेताहरूको बीच सत्तालाई लिएर पटकपटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास, पार्टी कार्यालय, रिसोर्ट, पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेकोछ । कोरोना सं’क्रमणको म’हामारीमा नेताहरुको मो’जमस्ती छ ।
नेताहरूलाई सत्तामा भएको मजा बेग्लै छ । सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ, चाकरी पाइन्छ, रातदिन प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुको सलाम खान पाइन्छ । मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ । ढुकुटी रित्याउन पाइन्छ । अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरु उपलब्ध हुन्छ ।
मुलुकमा कांग्रेस, कम्युनिस्ट र जसपा लगायतका दलको सरकार फेरबदल भएपनि के.पी.शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस । नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो ।
नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु । मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन । यसकारण अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भारत, अमेरिका, चीन र रुस लगायतका मुलुकलाई भनिन्छ । हाम्रो मुलुकमा नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटने मात्र काम गरे । संघीयता भारत, अमेरिका, चीन र रुस लगायतका विशाल मुलुकको लागि ठिक छ । हाम्रो मुलुक बिहार राज्यको पटना जत्रो सानो छ । हाम्रो मुलुकको लागि संघीयता अफाब छ । संघीयताले मुलुकको भार थेग्न सक्ने अवस्था छैन ।
विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरा’पमा परेको छ । नेताहरूले मुलुकलाई निकास दिन सकेनन । मुलुक दिन प्रतिदिन असफलता तर्फ गइरहेको छ । मुलुक दु’र्घटनामा पर्न गयो भने सबैजना पर्ने हो यो कुरालाई सेनाहरुले पनि मनन गर्नुपर्ने हुन्छ । यसकारण मेरो भनाइहरु तर्फ सेनाहरुको ध्यानाकर्षण होस अनुरोध छ ।
लेबनान, सिक्किम, फिजी, सोमालिया, अफगानिस्तान, सिरिया, सुडान, हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्व’न्द्वग्र’स्त र द्व’न्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरुको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ ।स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
Views: 0