अमेरिकामा को’रो’नाका कारण एक नेपाली दुखद नि’ध’न !

२०७८ जेष्ठ ३०, आईतवार १२:०२ गते २०७८ जेष्ठ ३०, आईतवार १२:०२ गते २०७८ जेष्ठ ३०, आईतवार १२:०२ गते

कोरोना संक्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा ४७ वर्षका सुर्य बहादुर भण्डारीको निधन भएको छ । क्यालिफोर्निया नरवाक सिटीमा बस्दै आएका भण्डारीको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो ।

लमजुङ मस्र्याङदी गाँउपालिका ९ स्थायी घर भएका भण्डारीको विहीबार अपरान्ह मृत्यु भएको क्यालिफोर्नियामै बस्ने निजका भाई सुवास भण्डारीलाई उद्धृत गर्दै इनेपलिजले समाचार प्रकाशित गरेको छ । झण्डै १२ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दैआएका स्वर्गीय भण्डारीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

केही दिनअघि स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा पुगेका भण्डारीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो त्यसपछि होम आइसोलेशनमा बस्ने भन्दै घर फर्किएका उनको आफ्नै निवासमा निधन भएको हो ।

मृतकको शव अहिले अस्पतालमा रहेको र आवश्यक प्रकृया पुरा गरी अन्तिम संस्कार सम्पन्न गरिने जनाइएको छ ।अमेरिकामा कोरोनाको पहिलो सामुदायिक संक्रमणको केस गतबर्षको फेब्रुअरीमा भेटिएको थियो । त्यसयता झण्डै एकबर्ष बितेको छ ।

यो अवधिमा अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार भन्दा धेरै पुगेको छ ।कोरोना महामारीबाट विश्वमा सबैभन्दा धेरै मृत्यु हुनेहरु अमेरिकामा नै गणना गरिएको छ । पहिलो विश्वयुद्ध, दोश्रो विश्वयुद्ध र भियतनाम युद्ध समेत जोड्दा भएको मृत्युभन्दा धेरै अमेरिकामा कोरोना महामारीबाट मान्छेको ज्यान गएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed