शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल गएकी नेहाको मृत्यु, डाक्टरको लापरबाहीले भन्दै आफन्त आन्दोलनमा हेर्नुस भिडियो

२०७८ जेष्ठ ३०, आईतवार २१:१४ गते २०७८ जेष्ठ ३०, आईतवार २१:१४ गते २०७८ जेष्ठ ३०, आईतवार २१:१४ गते

शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल गएकी नेहा तुलाधरको मृत्यु भएको छ । उनको स्वयम्भुको मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै बिरामीको आफन्त आन्दोलनमा उत्रिएका छन ।

धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो।

एकदमै स्वस्थ्य मानिसलाई अस्पतालको लापरबाहीले गर्दा ज्यान गुमाउनु परेको भन्दै आफन्तले अस्पताल आ रोप लगाएको छ । उनको अप्रेशन गर्नुपर्छ भनेपछि अप्रेशनपनि सफल भएको थियो तर आज अकस्मात मृत्यु भएको मृतकको आफन्तले बताएका छन ।

बिरामीको हेरचाहमा रहेकी मृतककी साथी सोफी तामाङका अनुसार पत्थरीको अप्रेसनको लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी अप्रेसन सकिएपछि सामान्य अवस्थामा फर्किएकी थिइन। अप्रेसन सफल भएको केही समयपछि नै उनी होसमा आएकी थिइन्।

त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन्। बिरामीका आफन्तहरुले डाक्टरहरुले पहिलो अप्रेसनमा नै हेलक्राई गरेको आरोप लगाएका छन्। उनीहरुले मृत्यु हुने अवस्था भए पहिलेकै अप्रेसनमा मृत्यु हुनुपर्ने बताएका छन्।

उपचारमा संलग्न डाक्टरहरुले गल्ति गरेर दोस्रो अप्रेसन गर्नु परेको र सोही कारण आफन्तको मृत्यु भएको उनीहरुले बताएका छन्। उनि अस्पताल आउदा उनि आफै हिड्दै आएकी थिइन् र मृत्यु भएपछी आफन्तलाई लास सम्म पनि हेर्न नदिएको आफन्तको भनाई रहेको छ ।

हेर्नुस भिडियो तलको भिडियोमा –

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed