काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, कुन कुन क्षेत्रलाई खुकुलो बनाइयो ? काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको छ ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञामा केही क्षेत्रलाई भने खुकुलो बनाइएको छ । यस अघिको निर्णयअनुसार जेठ मसान्तसम्मका लागि लगाइएको निषेधाज्ञा अब एक हप्ता थपिएको हो ।
कोरोनाभाइरस संक्रमण जोखिम अझै घटिनसकेको निष्कर्ष निकाल्दै बैठकले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरिएको हो । तर, थपिएको निषेधाज्ञमा तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन् । अहिले बिहान ९ बजेसम्ममात्रै खोल्न दिइएको छ ।
यस्तै अलनाइन डोम डेलिभरी सेवालाई खोल्न दिने निर्णय गरेको सो बैठकले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने दिने पनि निर्णय गरेको छ ।
यस्तै बैठकले हार्डवेयर पसललाई अपरान्ह ४ बजेपछि खुल्न दिने निर्णय गरेको छ । सवारी साधनमा जोरविजोर लगाउनेबारेमा बैठकमा कुराकानी भए पनि स्वास्थ्य मन्त्रालयले नमानेपछि निर्णय नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत वैशाख १६गतेदेखि काठमाडौं उपत्यकामा जारी भएको निषेधा अब असार पहिलो हप्तासम्म रहने भएको छ ।
Views: 0