विश्वको सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु, १०० कोठाको घरमा ३६ श्रीमती सहितको ठूलो परिवारमा बस्थे जियाना

२०७८ जेष्ठ ३१, सोमबार १९:१४ गते २०७८ जेष्ठ ३१, सोमबार १९:१४ गते २०७८ जेष्ठ ३१, सोमबार १९:१४ गते

एजेन्सी । मिजोरमको राजधानी आइजाल नजिकैको बख्तवांग गाउँमा बस्ने विश्वको सबैभन्दा ठूलो परिवारका प्रमुख जियाना चानाको सोमवार मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथंगाले ट्वीट गरी ७६ वर्षीया जियोना चानाको मृत्युको बारेमा जानकारी दिएका हुन् । मुख्यमन्त्री जोरामथंगाले मिजोरमको बख्तवांग गाउँ जियाना चानाको ठूलो परिवारका कारण पर्यटकहरूको आकर्षणको केन्द्र थियो ।

महंगीका कारण चार वा ५ सदस्यको परिवार हुर्काउनु पनि निकै चुनौती पुर्ण हुन्छ । तर जियोना चना बख्तावांगग गाउँको १०० कोठाको ठूलो घरमा ३८ श्रीमती, ८९ छोरा छोरी, १४ बुहारी र ३३ नातिनातिना सहित बस्दथे ।

जियोना चानाको पेशा सिकर्मी थियो । यो ठूलो परिवारका महिलाहरू खेतीपाती गर्छन् र घर चलाउन सहयोग गर्दछन्। चानाको जेठी पत्नीले घरका सबै सदस्यहरूलाई कामको वितरण गर्ने र अरुले उनले लगाएको काम गर्ने गर्छन ।

एक साधारण परिवारमा दुई महिनासम्म चल्ने रासन यो परिवारमा एकै दिनमा सकिन्छ । यहाँ एक दिनमा ४५ किलो भन्दा बढी चामल ४० कुखुरा, ६० किलो तरकारी २२ केजी दाल, दर्जनौं अण्डा तरकारीका रुपमा प्रयोग हुन्छ । यस बाहेक, यस परिवारले एक दिनमा करिब २० किलो फलहरू पनि खान्छन्।

विश्वको सबैभन्दा ठूलो परिवारका सदस्यहरूको नाम, तिनीहरूको जन्मदिन र उनीहरूका अन्य क्रियाकलापहरूको बारेमा जानकारी राख्न पनि निकै कठिक हुन्थ्यो । यस सम्बन्धमा, चानाको जेठो छोरा नुनपर्लियाना भन्छन कि परिवारका सबै सदस्यहरूको नाम याद गर्न गाह्रो छैन। व्यक्तिले उनीहरूका धेरै साथीहरूको नामहरू सम्झन्छन्, हामी हाम्रा भाइबहिनीको नाम सम्झन्छौं र आफै र आफ्ना बच्चाहरूको नाम पनि उस्तै गरी सम्झन्छौं। हो, जन्मदिन सम्झन गाह्रो छ, तर कसैले यसलाई याद गर्दछ।

यस परिवारको राजनीतिमा पनि ठूलो दबदबा छ। एउटै परिवारमा धेरे भोट भएका कारण यस क्षेत्रका सबै नेताहरू र राजनीतिक दलका ब्यक्तिले यो परिवारलाई धेरै महत्त्व दिन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *