पहिलोपटक नेपाली महिलाहरुलाई भारतीय सेनामा भर्ति खुल्यो, १० कक्षा पास गरे भर्ति हुन् पाइने

२०७८ असार १, मंगलवार १०:११ गते २०७८ असार १, मंगलवार १०:११ गते २०७८ असार १, मंगलवार १०:११ गते

काठमाडौं । नेपाली महिलाहरूले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्। नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला भर्ना हुन पाउने जानकारी दिएको हो।

आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा छनौट हुने भएको छ ।

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् । गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

नेपाली भाषामा जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ । सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *