सुत्नुअघि पैतालामा तेल लगाउनुहोस्, केही दिनमै देख्नुहुनेछ चमत्कार

२०७८ असार १, मंगलवार १४:१९ गते २०७८ असार १, मंगलवार १४:१९ गते २०७८ असार १, मंगलवार १४:१९ गते

काठमाडौँ । खुट्टाको पैतालामा मालिस गर्दा शरीरमा विभिन्न फाइदाहरु हुन्छन्। अझ राति सुत्नुअघि खुट्टाको पैताला मालिस गरेमा स्वास्थ्यलाई निकै नै फाइदा हुने विशेषज्ञहरु बताउँछन्।

सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिस गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ । यस्तै राति पैतलामा मसाज गर्दा तौल घट्ने र बोसो पनि कम हुन्छ।

यस्तै सुत्नुअघि पैतला मालिस गर्दा दिनभरिका तनाव मेटिने चिकित्सकको भनाई छ। दिनभरि कामको बोझले हुने थकान र तनावबाट बच्नका लागि पैतलाको मालिस गर्नुस्। शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ।

यसैगरी राति सुत्नुअघि पैतला मालिस गरेमा रक्तचाप पनि नियन्त्रण हुन्छ। अझ, उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिस वरदान नै हो। राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिस गरेमा रक्तचाप नियन्त्रण हुन्छ।

पैंतालामा तेलको मालिस नै खुुट्टालाई तातो बनाएर रक्त सञ्चार प्रवाहलाई प्रभावकारी बनाउने अचुक उपाय हो । हरेक दिन पैंतालामा तेलको मालिस गरेमा खुट्टालाई बलियो बनाउनुका साथै हामीलाई विभिन्न रोगबाट बचाउँछ।

राति सुत्नुभन्दा १५ मिनेटअघि खुट्टा सफा गरेर तातो तेल लगाएर पैताला मालिस गर्दा दिमाग शान्त हुनुका साथै भोलिपल्ट बिहान उठ्दा ताजापन महशूस हुनुका साथै दिनभरि काममा मन पनि लाग्ने गर्छ।

शरीरमा धेरै प्रकारका ए- सि-डहरू बनिरहेका हुन्छन् । नियमित रूपमा पैतालामा तेल लगाउने गर्दा शरीरबाट नचाहिने ए- सि-डहरू बाहिर निस्कन्छ।

नियमित २० मिनेट जति पैतालामा मालिस गर्दा मांशपेशीमा हुने थुप्रै समस्यालाई निम्त्याउने ल्याक्टिक ए- सि- डलाई बिस्तारै ना- श गराउन थाल्छ।

अहिलेका मानिसहरू मालिस गर्नका लागि मसाज र स्पा सेन्टर जाने गर्छन्। तर, यस्तो ठाउँमा जानुभन्दा दिनहुँ आफैँले तेलको मसाजले शरीरलाई निकै फाइदा पुग्ने गर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *