एजेन्सी । मानिसले आफ्नो पावरको दुरुपयोग कति सम्म गर्छ भन्ने कुराको उदाहरण पाकिस्तानको लाहौरमा प्रहरीले देखाएका छन् । आफुहरुलाई निशुल्क बर्गर नदिएको रिसमा ९ जना प्रहरीले एउटा रेष्टुरेण्टका १९ जना कर्मचारीलाई हिरासतमा राखेका छन् । लाहौर शहरमा गत साता यो घटना भएको थियो । प्रहरी अधिकारीहरुले निशुल्क बर्गर मागेका थिए । तर रेष्टुरेण्टले निशुल्क बर्गर उपलब्ध गराउन नसक्ने जवाफ दियो प्रहरीलाई निस्शुल्क बर्गर नदिएको आरोपमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत राखियो।
शनिवार जोनी एण्ड जुगनु नामको रेस्टुरेन्टका सबै कर्मचारी माथि यस्तो घटना भएको हो । यो रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन्। सञ्चालकले विज्ञप्ती जारी गर्दै घटनाबारे सार्वजनिक गरेको हो । रेष्टुरेण्टले यस्तो घटना पहिलो पटक भएको पनि जनाएको छ।
जनाइएको छ,ुप्रहरीहरूले आफ्नो लागि निस्शुल्क बर्गर मागेका थिए। जुन उनीहरूका लागि साधारण विषय हो। नदिँदा सुरुमा त धम्काए र गए। पछि फेरि फर्किए र दवाव दिन थाले। ११ जुनमा प्रहरी आएर केही कारण नबताइ व्यवस्थापकलाई पक्राउ गरे। लगत्तै सबै कर्मचारीलाई लिएर गए।
१९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा राखिएको विज्ञप्तीमा जनाइएको छ । बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न नौ जना प्रहरी कर्मचारी निलम्बित भएका छन्। पाकिस्तानी पंजाबका आइजी इनाम गनीले भनेका छन् ‘कसैसँग पनि कानूनलाई आफ्नो हातमा लिने अनुमति छैन। अन्याय सहन सकिँदैन र घटनामा संलग्न सबैलाई सजाय दिइन्छ।’
Views: 0