नेप्सेमा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२०७८ असार २, बुधबार १६:३६ गते २०७८ असार २, बुधबार १६:३६ गते २०७८ असार २, बुधबार १६:३६ गते

काठमाडौं, २ असार । आज नेप्से परिसुचक ५२ अंकले घटेर २९ सय ६९ विन्दुमा पुगेको छ । आज केही कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेप्सेको अनुसार आज सबैभन्दा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीको प्रतिकित्ता ७३३ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भई लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।त्यस्तै, यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।

कम्पनीको आज प्रतिकित्ता ४३५ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ ।यसैगरी, फस्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको आज प्रतिकित्ता ८७९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, आरएसडिसी लघुवित्त, सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *