इन्जिनियर भाई गुमाएँ, १५ दिन देखि ३ वटा कम्पनीमा भाईले गरेको बिमाको पैसा लिन धाउँदा झन बढी पीडा पाएँ

२०७८ असार ४, शुक्रबार ०६:२१ गते २०७८ असार ४, शुक्रबार ०६:२१ गते २०७८ असार ४, शुक्रबार ०६:२१ गते

काठमाडौ । बाँके कोहलपुरका चक्र अधिकारीले एक महिना पहिला महामारीमा आफ्ना भाई अर्जुन अधिकारीलाई गुमाए । उनी पेशाले इन्जिनियर थिए । कोहलपुर क्षेत्रका ब्यवसायी समेत रहेका अर्जुनले तीनवटा इन्सुरेन्स कम्पनी मार्फत जिवन विमा गरेका थिए । तर उनको निधन भएको एक महिना सम्म पनि कुनै विमा कम्पनीले उनलाई जिवन विमाको रकम उपलब्ध गराएका छैनन् ।

दिनहुँ कोहलपुर स्थित विमा कम्पनीमा धाउँदा निकै दुख पाएको भन्दै अर्जुनका दाई चक्रले सामाजिक सञ्जाल मार्फत आ क्रो श ब्यक्त गरको छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका चक्रले विहिवार एक लामो स्टाटस लेख्दै आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडाका बीच विमा गरेको रकम भुक्तानी माग्न जाँदा विभिन्न वहाना बनाएर आफुहरुलाई दुख दिएको बताएका छन् ।

तीनवटै बिमा कम्पनीमा कहिल्यै पनि किस्ता समेत तिर्न ढिलाई नगरेका आफ्ना भाईको निधन भएको एक महिना वित्दा पनि विमा रकम माग्न जाँदा मानविय समवेदना समेत कर्मचारीले नदेखाएको भन्दै उनले आ’क्रोश ब्यक्त गरेका छन् ।

उनले स्टटासमा लेखेका छन्, कुनैपनी कम्पनीमा जीवनबिमा गरेका र गर्ने मनसाय गर्नुभएका मित्रहरुलाइ मेरो अनुरोध । सम्बन्धित ब्यक्तिले मृत्युपर्यन्तको जीवनबिमा गर्दाको मेरो भोगाई । बिमा गर्दा विभिन्न कम्पनी एजेण्ट वा बिमा कम्पनी अनि त्यसका ब्यस्थापकले देखाएको सपना र महिनामा १० पटक सम्म घरमा र अफिसमा धाउने, विभिन्न देशको भ्रमणको प्रस्ताव राख्ने र जीवनबिमा गराउने अनि बिमितको मृत्यु पश्चात विभिन्न किसिम ले प्रक्रियामा दुख दिने पाइयो ।

मेरो भाइ अर्जुन कुमार अधिकारीले ३ वटा बिमा कम्पनीमा बिमा गरेको र कुनैपनि किस्तामा भाका ननाघेकोमा आज मृत्यु पश्चात् कोहलपुरमा रहेका शाखामा आज १५ देखि धाउदा(धाउदा विभिन्न किसिमका वाहना बनाउदै आज यो पुगेन भोलि अर्को कागजात पुगेन भन्दै दिनु दुख दिएका छैनन ।

कोहलपुरमा रहेका उक्त शाखाहरुलाइ चुनौती दिन चाहन्छु कि यस्तै ढिला, सुस्ती गरि सेवाग्राहीलाई दुख दिइरहने हो भने उक्त शाखाहरु बिस्थापित हुनु नपरोस । मेरो भोगाइले म यो भन्न वाध्य भए कि कुनैपनी कम्पनीमा जीवनबिमा गरेका र गर्ने मनसाय बोकेका मित्रहरूलाई बिमा नगर्न नगराउन हार्दिक अनुरोध ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed