बाढीपहिरो पीडितलाई रसियाबाट समाजसेवी पाण्डे परिवारको सहयोग

२०७८ असार ८, मंगलवार २०:०३ गते २०७८ असार ८, मंगलवार २०:०३ गते २०७८ असार ८, मंगलवार २०:०३ गते

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई रसियाबाट समाजसेवी रामबाबु पाण्डेले सहयोग गरेका छन।नुवाकोट जिल्ला विदुर नगरपालिका १० गेर्खुटार जन्मभुमी भई लामो समय देखी रसिया लाई कर्मभुमी बनाउदै आउनु भएको पाण्डे परिवारले पिडित थोरै भएपनि राहत होस् भनेर नेपाली चेली फाउन्डेशन सहकार्यमा पहिलो चरणमा २२ हजार र थप १० गरि ३२ हजार सहयोग गरेका छन।

विभिन्न सामाजिका काममा सक्रिय हुदै आएका पाण्डेले नेपाली चेली फाउन्डेशनको पहलमा खाद्यान्न तथा स्वास्थ्य सामग्रीको लागि रकम सहयोग गरेका हुन् ।एनआरएन सदस्य समेत रहेका पाण्डेले नेपाली चेली फाउन्डेशनको सहकार्यमा विभिन्न अभियानहरुमा समेत आर्थिक सहयोग गदै आइरहेका छन् ।

पाण्डेले प्राकृतिक विपत्तिको चपेटामा परेकाहरुलाइ आगामी दिनहरुमा समेत आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । रसियामा १७ बर्ष देखि ब्यबसाय गरि बसि रहनुभएका पाण्डेको परिवार नै समाजसेवामा लागेको निकै समय भैसकेको छ ।

नेपाल हाम्रो घर हो नेपाली हाम्रो परिवार हो भन्ने भावले नेपालको बिभिन्न प्राकृतिक प्रकोप , सडक असाय,दिन दुःखिहरूलाई सहयोग गर्दै आएको छ। पाण्डेको श्रीमति कमला रावल पाण्डे पनि समाजसेवामा केन्द्रित छिन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed