जातका कारण कोठा नदिएको आरोपमा प्रमाण नपुगेपछि घरबेटी महिला रिहा, सुनियोजित रुपमा फसाएको नेवाःदबूको आरोप

२०७८ असार ९, बुधबार १४:०५ गते २०७८ असार ९, बुधबार १४:०५ गते २०७८ असार ९, बुधबार १४:०५ गते

काठमाडौ । तीन दिन अघि पक्राउ परेकी एक महिला रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा महिलालाई पक्राउ गरिएको थियो । उनी काठमाडौको बबरमहलकी महिला हुन् । प्रहरीले उनलाई तीन दिन पछि रिहा गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु द्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।
नेवा समुदायको छाता संगठन नेवाः देय। दबूले रुपा सुनारले सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई सुनियोजित भनेको छ ।

नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ ।

अध्यक्ष मचाराज महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो रु भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।’

दबूले सामाजिक सद्भावमा आँच आउने गरी सुनियोजित क्रियाकलाप भएको भन्दै प्रधानको पक्राउ गैरकानूनी भन्दै रिहाईको माग गरेको छ । नेवाः दबूले आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed