दलितलाई आफ्नो घरमा कोठा भाडा नदिएका कारण यि महिला ३ दिन थुनिनु पर्यो, प्रमाण नपुगे पछि भइन् रिहा

२०७८ असार ९, बुधबार १५:१५ गते २०७८ असार ९, बुधबार १५:१५ गते २०७८ असार ९, बुधबार १५:१५ गते

काठमाडौ । जातका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् । उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु द्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मु द्दा फिर्ता गरेको हो।

टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा महिलालाई पक्राउ गरिएको थियो । उनी काठमाडौको बबरमहलकी महिला हुन् । प्रहरीले उनलाई तीन दिन पछि रिहा गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *