वहुपति प्रथामा आधारीत पहिलो चलचित्र ‘टुल्की’डाेल्पामा छायांकन सम्पन्न !

२०७८ असार ९, बुधबार २१:४० गते २०७८ असार ९, बुधबार २१:४० गते २०७८ असार ९, बुधबार २१:४० गते

डोल्पामा वहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र टुल्कीको छायाङ्कन गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो,त्रिपुराकोट,रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो ।

डोल्पा,हुम्ला,मुगु,मुस्ताङ् लगायतका हिमाली जिल्लाहरुमा कुप्रथाको रुपमा अझैपनि कायमै रहेको वहुपति प्रथालाई टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिए ।“नेपालमा अहिलेसम्म वहुपति प्रथामा आधारीत कुनै पनि चलचित्र बनेको छैन्,टुल्की पहिलो चलचित्र हो,निकै जोखिम मोलोर खिचिएको यस चलचित्रका लागि झण्डै चारबर्ष अनुसन्धाननै गरे”निर्माता लामाले भने ।

“वहुपति प्रथामा घरका कुनै एक भाईले विहे गरेपछि अन्य दाजुभाईले विहे गर्नु पर्दैन,जुन भाईले पहिला विहे गरे तीनै भाईकी श्रीमतीसँग सबैले सामुहिक सन्तान जन्माउने देखि रात विताउन पाउने प्रथा छ”लामाले थपे ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लो जान्छिन र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामुहिक वलात्कारको दुखान्त कथाबस्तुलाई उजागर गरिएको लामाको भनाइ छ ।चलचित्रमा वहुपति प्रथामामात्र सिमित नभई पश्चिम नेपालमा कुप्रथाको रुपमा व्याप्त छाउपडि प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।

त्यतिमात्र नभई चलचित्रले प्रचुर पर्यटकिय सम्भावना बोकेर पनि ओझेलमा परेको डोल्पालाई विश्वमाझ चिनाएर पर्यटन प्रर्वद्धनमा समेत सघाउने बताइएको छ ।छायाङ्कन गर्नका लागि मात्रै तीन महिना समय लाग्नुकासाथै चलचित्र तयारी हुँदासम्म करिब एक करोड खर्च अनुमान गरिएको अर्का निर्माता आर.पी कर्माचार्यले बताए ।निर्माता कर्माचार्यका अनुसार अहिलेसम्म बनाइएका अन्य चलचित्र भन्दा फरक प्रकृतिको चलचित्र भएको बताउँदै अबको दुई महिना पछिनै चलचित्र निर्माणकार्य सम्पन्न हुने छ ।

चलचित्र छायाङ्कन शुसील अधिकारीले गरेकाछन भने निर्देशन देवजंग थापाले गरेकाहुन् ।चलचित्रमा प्रोडक्सन म्यानेजर भएर कलाकार लक्ष्मण देबकोटाले काम गरेकाछन् ।चलचित्रमा बरिष्ठ कलाकार शिसिर वाङ्देल,सोम लामा,शेखर लामा, स्वस्तीमा कार्की,सौजन सुब्बा,नरेन्द्र तामाङ्,सोफिया लिम्बु,दिर्घ लामा, महेश लिम्बु,रत्नप्रसाद न्यौपाने,भक्त सिँह कठायत लगायतको कलाकारहरुको अभिनय रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *