अस्ताए नेपालकै चर्चित डाक्टर, जुन रोगको बिशेषज्ञ थिए त्यही रोगले लग्यो यी चर्चित डाक्टरलाई , स्वास्थ्य क्षेत्रमा ठुलो क्ष्यति

२०७८ असार १०, बिहीबार १८:०१ गते २०७८ असार १०, बिहीबार १८:०१ गते २०७८ असार १०, बिहीबार १८:०१ गते

काठमाडौं। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत अंकोलोजिष्ट डा. सदिना श्रेष्ठको निधन भएको छ। फोक्सोको क्यान्सरकी बिरामी श्रेष्ठको उपचारका क्रममा निधन भएको हो। डा. श्रेष्ठ नेपालमै आफ्नो बिशेषज्ञता भएको क्षेत्रमा चर्चित डाक्टर हुन् ।

डा. श्रेष्ठ पछिल्लो समय चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिइन् । उनी त्यहाँ अंकोलोजिष्ट रुपमा कार्यरत थिइन् । तर, अब अस्पतालका बिरामीहरुले डा सदिना श्रेष्ठको सेवा पाउने छैनन् । उनी यो भौतिक सन्सार छोडेर गईसकेकी छिन्।

डा. श्रेष्ठको फोक्सोमा समस्या थियो । उनको फोक्सोमा क्यान्सर भएको थियो। उनको उपचार चलिरहेको थियो । तर उनको उपचारले सफल सकेन र बिरामी श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको हो। चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंको प्याथोजिष्टका रुपमा कार्यरत उहाँको श्रीमान् जय श्रेष्ठ पनि मेडिकल अंकोलोजिष्ट नै हुनुन्छ ।

डा. जयले श्रीमती सदिनालाई महान योद्धाको संज्ञा दिदैं हरेक दु:ख, पीडाबीच पनि जीवनप्रति सधैं शान्वना, समानता र सकारात्मक सोच कायम राख्ने गरेको स्मरण गर्नुभयो । उहाँले डा. सदिनाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै दुखद घडीमा साथ सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उनको निधनमा अस्पतालले दुख ब्यक्त गरेको छ । भने उनको परिवार शोकमा परेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *