सर्लाही। सर्लाही जिल्लाको बाग्मती नगरपालिका स्थित देशकै दोस्रो ठूलो मानवनिर्मित तालमा जेटबोट संचालनमा आएको छ। बागमती पुर्ब पश्चिम राजमार्ग देखि करिव ३ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित ताल हाल भरत तालको नामले प्रसिद्ध नेपालकै पहिलो ३५ सिटे जेटबोट संचालनमा आएको छ। आज एक कार्यक्रम बीच बाग्मती नगरपालिकाका मेयर भरत गौतमले रिवन काटेर औपचारिक रुपमै जेट बोटको शुभाराम्भ गर्नु भएको थियो।
यो जेट नेपालका लागि अहिले सम्मकै आधुनिक र सुरक्षित रहेको बाग्मति ईन्टरटेनमेन्ट प्रा.लीका अध्यक्ष गौतम खड्काले जानकारी दिएका छन् ।सो मानवनिर्मित भरत तालमा २०७८ साल बैशाख १ गतेदेखि बाग्मती ईन्टरटेनमेन्ट प्रा.लीद्धारा दुईबटा मोटरबोट संचालन गरिएको र हाल नयाँ बोट थपिएको अध्यक्ष खड्काले बताएका छन् । मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय हवका रुपमा चिनिँदै गएको छ । तालमा प्रदेश नम्बर २ को बिभिन्न ठाँउबाट दैनिक हजारौं पर्यटकहरु आउने गरेका छन् ।
बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको एबं सो ताल एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको हो । हाल सम्म ३७ करोड खर्च भैसकेको र कुल ६० करोड लागत लाग्ने यस ताललाई केन्द्रिय,प्रदेश र स्थानिय तिनै तहको सरकारको सहकार्यमा निर्माण गरिएको यस तालको काम अबको छ महिना भित्र सकिने मेयर थापाले जानकारी दिएका छन्।
Views: 0