त्रिभुवन विमानस्थलको कार्गोबाट राति ल्यापटप चोरेर फोहोरमा लुकाउने, दिउँसो डेरा लैजाने २९ वर्षीय विष्णु अधिकारी पक्राउ

२०७८ असार ११, शुक्रबार ०७:११ गते २०७८ असार ११, शुक्रबार ०७:११ गते २०७८ असार ११, शुक्रबार ०७:११ गते

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई नियन्त्रणमा लिएको हो।

कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए। प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते सातवटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए।

रातको समयमा आयात तर्फको गोदामबाट उनले ल्यापटप चोरेर फोहोरमा लुकाउने गरेको र दिउँसो डेरामा लैजाने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले ८ थान ल्यापटप बरामद गरेको छ। नियन्त्रणमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed