काठमाण्डौं १४,असार । नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन निशेधाज्ञाका बेलामा समस्यामा परेका अपाङ्गता भएका व्यक्ति हरूलाई बोधिसत्वा बिहार मार्फत राहत सामाग्री बितरण गरेको छ।कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि भएको लकडाउनका कारण अपाङ्गता भएकाहरूको जीवन निर्वाह गर्न अझै कठिन भएको छ।
यस्तो अवस्थालाई मध्यनजर गरेर शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष एवं सगरमाथा पोष्ट डटकमका सम्पादक पत्रकार रबिन प्रसाद थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत काठमाण्डौंको तारकेश्वर र टोखा नगरपालीकामा बस्ने २० परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । आइतबार साँझ एन्जल्स हार्ट स्कुलमा आयोजना गरिएको कार्यक्रममा १८ जना अपांगता भएका व्यक्ति र २ जना एकल महिला गरी २० जनालाई प्रतिव्यक्ति ४५ सय बराबरको राहत सामग्री बितरण गरिएको हो ।
बितरण गरिएको राहत सामग्रीहरुमा चामल २५ केजीको १ बोरा, तेल सनफ्लावर २ लिटर, अण्डा १ क्रेट, कालो रातो दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, मसला १ पाकेट, सेनिटाइडजर र माक्स लगायतको सामग्री रहेका छन् ।अपांगता भएकाहरुले बोधिसत्वा बिहारले आफुहरुलाई खोजीखोजी सहयोग गरेकोमा खुसी व्यक्त गरे ।उनिहरुले सहयोग गर्ने बोधिसत्वा बिहार र सहयोगको लागि पहल गरिदिने पत्रकार थपलियाप्रति धन्यवात दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोधिसत्वा बिहारका तर्फबाट सामाजीक अभियन्ता तथा समाजसेवीहरु तिलक बस्नेत,सिता भण्डारी, शोभा वाग्ले लगायतको उपस्थीति रहेको थियो ।बोधिसत्व बिहारले तारकेश्वर नगरपालीका तथा टोखा नगरपालीका वरपर खाना अभावमा रहेको झण्डै २ सय व्यक्तिहरुलाई प्याकीङ खाना समेत बितरण गरेको थियो ।यस अघि पत्रकार थपलियाको पहलमा बोधिसत्व बिहार मार्फत प्राप्त ३ थान अक्सिनज कन्सनटेटर,पिपिई सहित ३ लाख रुपयाँ बराबरको स्वास्थ्य सामग्रीहरु नुवाकोटको शिवपुरी गाँउपालीकालाई हस्तान्तरण गरिएको थियो ।
Views: 0