भोलि बाट सार्वजनिक यातायात भने यसरी खुल्ने, निषेधाज्ञा थप्ने भन्ने बारे आयो यस्तो जानकारी

२०७८ असार १४, सोमबार १२:४४ गते २०७८ असार १४, सोमबार १२:४४ गते २०७८ असार १४, सोमबार १२:४४ गते

काठमाडौ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले अझ एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । कोभिड(१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् । सिडियोको निर्णय अनुसार सार्वजनिक यातायात खुल्ने भएको छ।

सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ। “कोरोनाभाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको छ,” ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालले भने।

यससँगै मंगलवारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। “सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ। तर कसरी सञ्चालन गर्ने भन्ने तय गर्न बाँकी रहेको उनले बताए । “जोर–बिजोर गर्ने कि अन्य उपाय अपनाउने भन्ने केही बेरमा तय गर्छौं, उनले भने ”

कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *