एजेन्सी । उत्तर कोरियाका शासक जोङ उनको जिवन रहस्यले भरिएको छ । पश्चिमा मिडियाले उनीवारे विभिन्न अनुमान गरेर समाचार प्रकाशन गर्ने गरेका छन् । तर ति कतिपय समाचार झुटा सावित हुने गरेका छन् । हालै एक सरकारी मिडियाले सर्वोच्च नेता किम जोङ उन दुब्लाएपछि जनताको दुखी भएर रोएको समाचार सार्वजनिक गरेको छ । उनमा गम्भिर स्वास्थ्य समस्या भएकाले उनी निकै दुब्लो देखिएको समाचारमा जनाइएको छ । मु
सरकारी टीभी च्यानल केसीटीभीमा प्रसारण गरिएको एक भक्स पपमा यस्तो दाबी गरिएको हो । मानिसहरूलाई किमको स्वास्थ्यका बारेमा सोधिएको थियो ।
अधबैंसे उमेरका एक व्यक्तिले समाचार प्रतिनिधिसंग बोल्दै देशवासीहरूको प्रतिनिधित्व गर्दै सबैजना आफ्ना प्यारा नेताको तौल घटेकोमा दुःखी भएको बताए । उनले त्यसो भन्दा सुँक्क सुँक्क गर्दै थिए । उनले भने, ‘सम्मानित कमरेड महासचिव यसरी दुर्बल देखिएको तस्वीर हेरेर मानिसहरूको मुटु छि या छि या भएको छ । हामी रोइरहेका छौं ।’
धेरै महिनासम्म सार्वजनिक स्थानमा नदेखिएका किमको निकै दुब्लो तस्बिर सार्वजनिक भएको हो । उनले केही दिनअघि मात्र वर्कर्स पार्टीको एक बैठकलाई सम्बोधन गरेका थिए ।
पोहोर साल पनि उनी सार्वजनिक स्थानमा लामो समय नदेखिँदा उनको स्वास्थ्यका विषयमा चिन्ता व्यक्त गरिएको थियो । केही पश्चिमा मिडियाले उनको मृत्यु भएको दावी समेत गरेका थिए । तर पछि उनी सार्वजनिक भइसकेपछि पनि नक्कली किम भन्दै पनि समाचार आएको थियो । किमका पछिल्ला तस्वीरहरू हेर्दा उनको तौल अस्वाभाविक रूपमा घटेको विश्लेषण गरिँदैछ ।
किम परिवारका सदस्यमा मुटुरोगको समस्या देखिने गरेको छ । यस परिवारको स्वास्थ्यका विषयमा विदेशीहरूले खुबै चासो देखाउने गरेका छन् ।एनके न्युजका वरिष्ठ संवाददाता कोलिन ज्विर्कोका अनुसार, किम लामो समयसम्म नेता रहिरहनका लागि स्वस्थ छन् कि छैनन् भनी विदेशी गुप्तचर संस्थाहरूले चासो दिने गरेका छन् ।
Views: 0