दुई संस्थाहरुको एकता पश्चात तामाङ सोसाईटी अफ अमेरिका (तामाङ समाज अमेरिका) को विशेष अधिवेसन सम्पन्न

२०७८ असार १४, सोमबार १६:३९ गते २०७८ असार १४, सोमबार १६:३९ गते २०७८ असार १४, सोमबार १६:३९ गते

अमेरिका व्युरो -हालैमात्र एकता भएको तामाङ सोसाईटी अफ अमेरिका ९तामाङ समाज अमेरिका० को विशेष अधिवेसन जुन २६, २०२१ शनिवार सम्पन्न भएको छ । विशेष अधिवशनले संस्थाको कार्यसमितिको पुनर्गठन गरेको छ । पुनर्गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष -१, सचि-१ सहित वोर्ड अफ डाईरेक्टर ६ जना थपि कूल २१ सदस्य रहेको छ। तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया लामा र तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङको संयुक्त अध्यक्षतामा सम्पन्न उदघाटन सत्र बौद्ध धर्मगुरु आचार्य यल्मोपा सहित द्वय अध्यक्षहरु र संस्थाका पूर्व अध्यक्षहरुद्वारा दिप प्रज्वलन गरि संयुक्तरुपमा उदघाटन गरेका थिए।

संस्थाका महासचिव प्रवीण मोक्तानले सञ्चालन गर्नु भएको सभामा बौद्ध धर्म गुरु आचार्य यल्मोपाले मन्त्रपाठ गरेका थिए भने संस्थाका पूर्व अध्यक्षहरु ईन्द्र तामाङ, सुवास लामा, सुर्य पाख्रिन, राम तामाङ, गोमा योञ्जन र सानुमाया तामाङ, वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङ तथा सल्लाहकार बिनोद घिसिङले मन्तव्य तथा शुभकामना सन्देश राखे। यसै गरि तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका उपाध्यक्ष मोहन वाईवा, विधान संशोधन कमिटिका संयोजक विआर लामा, हामी नेपाली ग्लोवलका केन्द्रिय अध्यक्ष नायक अमृत लामा, अग्रज रतन लामा, पूर्व महासचिव दिपेन्द्र लामा र सक्रिय युवा व्यक्तित्व छिरिङ योञ्जनले मन्तव्य तथा शुभकामना राखेका थिए ।

तत्पश्चात शुरु भएको बन्दसत्रमा विधान संशोधन कमिटिका संयोजक वि। आर। लामाले सशोधनको लागि प्रस्ताव गर्नु भएको विधान सर्वसम्मतले पारित गरे । विधान पारित लगतै संस्थाको नवनियुक्त पदाधिकारीहरुलाई अध्यक्ष श्री छेमाङ तामाङले सपथग्रहण गराएका थिए। नवनियुक्त पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङ, सचिव रोज बहादुर घिसिङ, बोर्ड अफ डाईरेक्टरहरु तुल ब. तामाङ, सुरेन्द्र तामाङ, चन्द्र तामाङ, फुरु तामाङ, कुङ्गा ग्यात्सो लामा र दिपेन्सा लामा छन् ।

अधिवेसन समारोहमा धर्म गुरु आचार्य यल्मोपाले संस्थाको संस्कृति तथा बौद्ध भवन निर्माण कोषको लागि आर्थिक सहयोग ४१०१५ ९एक हजार पन्द्र डलर० रकम कोषको संयोजक ईन्द्र तामाङलाई हस्तान्तरण गरे। कार्यक्रममा युवा व्यक्तित्व द्वय दिपेन्द्र लामा र डोल्मा लामा (फुर्साङ) लाई संस्थाका अध्यक्ष छेमाङ तामाङले खादा ओढाएर सम्मान गरे। यसै गरि तत्कालिन तामाङ समाजका सहकोषाध्यक्ष सजुन थोकर, सदस्यहरु विष्णु तामाङ, अरुणा तामाङ, रेणु तामाङ, युनिसा लामा, राजु ब्लोन तामाङ, दिलमाया तामाङ र सान्त बहादुर तामाङलाई अध्यक्षद्धयले प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रममा तत्कालिन दुबै संस्थाहरुको कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, पूर्व पदाधिकारीहरु, प्रवुध्द वर्ग, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सह कोषाध्यक्ष उमा तामाङ लगायत दुबै संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।  पुनर्गठित कार्यसमितिका पदाधिकारीहरु:

  • छेमाङ तामाङ, अध्यक्ष
  • बुद्दिमान तामाङ, वरिष्ठ उपाध्यक्ष
  • कुन्साङ लामा ९बिजय० उपाध्यक्ष
  • प्रवीण मोक्तान, महासचिव
  • राम गोले, सचिव
  • रोज ब। घिसिङ, सचिव
  • निमा ल्हमु लामा, कोषाध्यक्ष
  • मनोज तामाङ, सह(कोषाध्यक्ष
  • सोनम लामा, सदस्य
  • सुनिता तामाङनी, सदस्य
  • चन्द्र बज्यू, सदस्य
  • पासाङ लामा, सदस्य
  • अनिता लामा, सदस्य
  • सानु मोक्तान, सदस्य
  • धावा तामाङ, सदस्य
  • तुल ब।तामाङ, सदस्य
  • सुरेन्द्र तामाङ, सदस्य
  • चन्द्र तामाङ, सदस्य
  • फुरु तामाङ, सदस्य
  • कुङ्गा ग्यात्सो लामा, सदस
  • दिपेन्सा लामा, सदस्य
  • टासी पाख्रिन, संयोजक, न्यूजर्सी संयोजक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *