बाँसको तामा सहितको अचार खाँदा ३५ वर्षीया महालक्ष्मी भट्टको ज्यान गयो

२०७८ असार १६, बुधबार ०६:३७ गते २०७८ असार १६, बुधबार ०६:३७ गते २०७८ असार १६, बुधबार ०६:३७ गते

काठमाडौं । कञ्चनपुरमा बाँसको तामा सहितको अचार खाँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृत्यु भएको महाकाली उप प्रादेशिक अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका डाक्टर मनोज भट्टका अनुसार मृत्यु भएकी महिलाको परिवाले तिन दिन अगाडी मासु चिउरा सहित बाँसको तामाको अचार खाएका थिए । अचार खाएपछि मृत्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी भएका थिए ।

झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०:५५ मा मृत्यु भएको हो। शरीरमा पानीको मात्रा कम हुदा अचेल अवस्थामा रहेकी महिलाको आइसीयु मै मृत्यु भएको डाक्टर भट्टले जनाकारी दिए।

अचार खाएका पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको छ । यस्तै बाँकी परिवारका दुई सदस्यको भने महाकाली अस्पतालमा उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ । पश्चिम टुडेबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *