आजपनि घट्यो सुनको मुल्य, कति छ प्रतितोला ?

२०७८ असार १७, बिहीबार ०८:२३ गते २०७८ असार १७, बिहीबार ०८:२३ गते २०७८ असार १७, बिहीबार ०८:२३ गते

काठमाडौँ -नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ६ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ?
नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र विक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र विक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७५ पैसा र विक्रीदर १२९ रुपैयाँ ४० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८० पैसा र विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *