शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

२०७८ असार १७, बिहीबार १०:२२ गते २०७८ असार १७, बिहीबार १०:२२ गते २०७८ असार १७, बिहीबार १०:२२ गते

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ।

उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँछन्। ‘बजारलगायत सबै क्षेत्र खुलिसक्यो।

तर सार्वजनिक यातायात मात्रै रोकेर हुँदैन,’ उनले भने, ‘असार १८ गतेदेखि सडकमा उत्रिन्छौं। सरकारले जे गर्न मन लाग्छ गर्छ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै यातायात मजदुर संगठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि हेर्नुहोला:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *