काठमाडौँ । कलाकार दिलिपकुमार स्वास्थ्यमा समस्या भएर दोस्रो पटक अस्पताल भर्ना भएकै दिन अर्का कलाकार नसिरुद्दिन शाह पनि अस्पताल भर्ना भएका छन् । उनीहरु एकै दिन एउटै अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका थिए । नसिरुद्दिनको फोक्सोमा निमोनिया देखिएको र अहिले त्यसैको उपचार भइरहेको अभिनेत्री तथा पत्नी रत्ना पाठकले जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।
‘उनको स्वास्थ्यमा सुधार आएको छ । उनी भोलिसम्म डिस्चार्ज पनि हुन सक्छन्,’अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेस्नल स्कुल अफ ड्रामा९एनएसडी० र फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया९एफटीआईआई०मा पढेका ७० वर्षीय शाह समानान्तर फिल्मका लागि चिनिन्छन् । निशान्त, जाने भि दो यारो, इजाजत, मासुम र मिर्च मसाला उनको करियरकै राम्रा फिल्महरु हुन् । ुमोहराु, सर्फरोस, इस्किया, द डर्टी पिक्चर,जिन्दगी नामिले दोबाराुलगायतका व्यावसायिक फिल्महरुमा पनि उनले अभिनयको जादु चलाएका छन् ।
४६ वर्षसम्म लगातार फिल्महरुमा काम गरेका शाह थिएटरमा उतिकै सक्रिय कलाकारका रुपमा चर्चित छन् । शाहले पछिल्लो समय ुमि रक्समु र अमाजोन प्राइमको सिरिज ुब्यान्डिस ब्यान्डिट्सुमा अभिनय गरेका थिए ।
कलाकाल दिलिप कुमार पनि दोस्रो पटक अस्पताल भर्ना भएका हुन् । उनको स्वास प्रस्वासमा समस्या देखिएको बताइएको छ । उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार आएको बताएका छन् । यस अघि पनि उनी फोक्सोमा पानी जमेका कारण अस्पताल भर्ना भएका थिए ।
Views: 0