अब बाढीको सूचना दिने साइरन मेलम्चीमा जोडियो , अब यसरी गर्नेछ जीवन रक्षा

२०७८ असार १८, शुक्रबार १४:१६ गते २०७८ असार १८, शुक्रबार १४:१६ गते २०७८ असार १८, शुक्रबार १४:१६ गते

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

साइरनका लागि १० अङ्कको छुट्टै मोबाइल नम्बर राखिएको छ । माथिल्लो तटीय क्षेत्रमा रहेका प्रहरी अधिकारीहरूले बाढी आएको थाहा पाउँदा उक्त नम्बरमा डायल गर्ने वित्तिकै साइरन बज्नुका साथै तल्लो तटीय क्षेत्रमा रहेका निश्चित व्यक्तिको मोबाइल नम्बरमा त्यस सम्बन्धी म्यासेज समेत आउँछ ।

मोबाइलका साथै म्यानुअल रुपमा साइरन बजाउन सकिने गरी छुट्टै स्विच समेत राखिएको छ । यस बाहेक मोबाइल एपबाट समेत साइरन बजाउन सकिन्छ । तर सबैसँग स्मार्टफोन हुन नसक्ने र स्विच जोसुकैले दबाउन सक्ने जोखिमका कारण हाललाई साइरन बजाउन मोबाइल नम्बर प्रयोगमा ल्याइएको हो ।

हाल तल्लो तटीय क्षेत्रमा मेलम्ची र बाहुने पाटीमा गरी दुई वटा साइरन जडान गरिएको छ । जसले मेलम्चीका ३५० घर र बाहुने पाटी ४०० घरपरिवारलाई समेट्ने कम्पनीका अर्का सहसंस्थापक लक्ष्मण रिमालले बताए ।साइरनका लागि सोलार, ब्याट्री, इन्भर्टर, माइक र डिस्प्ले सहितको सम्पूर्ण प्याकेज नै उपलब्ध गराइएको छ ।

जसमा एउटा प्याकेजको लागत भ्याट बाहेक दुई लाख २० हजार रुपैयाँ रहेको छ । विजुलीका लागि हाइब्रिड सिस्टम सपोर्ट राखिएको छ ।जसमा ६० वाट क्षमताको सोलार, ५७ एम्पियर आवरको ब्याट्री, एसी लाइन कनेक्सन, १०५० भीए इन्भर्टर र ७ इन्चको डिस्प्ले रहेको छ ।

मेलम्ची र बाहुने पाटीमा साइरन राखेसँगै हेलम्बु-चनौटे क्षेत्रका स्थानीयले आफ्नै पहलमा साइरन जडान गरिदिन आग्रह गरिरहेको लक्ष्मणले सुनाए ।‘हामीसँग बस्तीअनुसार ठूला-साना विभिन्न आकारका साइरन छन्,’ उनले भने, ‘मूल्य पनि त्यसैअनुसार फरक फरक छ । ‘यसबाट पुरै सिन्धुपाल्चोक जिल्लालाई नै समेट्न सकिन्छ,’ लक्ष्मणले अगाडि भने, ‘त्यसमा १७ वटा ठूला र १० वटा सानो आकारका साइरन राखे पुग्छ ।’ जिल्लाभर पर्याप्त साइरन राख्नका लागि कुल ५० देखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *