साताको अन्तिम दिन सुनको मूल्य बढ्यो
साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, बिहीबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको तेजाबी सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।
महासङ्घको अनुसार सुनको मूल्य बढेता पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलाको १३ सय १० कायम भएको छ । हिजो (बिहीबार) पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0