आइपीओ आवेदनमा रेकर्ड ब्रेक, जीवन विकास लघुवित्तको आइपीओमा पर्यो यति धेरै आवेदन

२०७८ असार १८, शुक्रबार १६:०५ गते २०७८ असार १८, शुक्रबार १६:०५ गते २०७८ असार १८, शुक्रबार १६:०५ गते

आइपीओ आवेदनमा रेकर्ड ब्रेक भएको छ । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा १८ लाख ४२ हजार ४८० आवेदन परेकाेमा जीवन विकास लघुवित्तको आइपीओमा १९ लाख ४६ हजार ७३५ जनाले आवेदन दिएसँगै नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार विहान १० बजेसम्म कम्पनीको आइपीओमा कुल २ करोड ९३ लाख २१ हजार कित्ताका लागि आवेदन परेको छ । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको हो । कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ । त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *