कांग्रेस नेता शाहीद्धारा प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण

२०७८ असार १८, शुक्रबार २२:२६ गते २०७८ असार १८, शुक्रबार २२:२६ गते २०७८ असार १८, शुक्रबार २२:२६ गते

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकाका तीनवटा प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले बड्की, बुअ र जुगार प्रहरी चौकीलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको जनाए । उनले कोरोना भाइरसको कारण नागरिकमा स्वास्थ्यसम्वन्धी समस्या हुने भन्दै ती सामग्री प्रदान गरिएको बताए । ‘अग्रपंक्तिमा रहेर जनताको सेवा गर्ने प्रहरीलाई झन् बढी ती सामग्री चाहिने भएकाले केही सहयोग गरेको हुँ’ उनले भने ‘आफूले जे सक्छु त्यही गरेको छु, अब पनि यो अभियानलाई निरन्तरता दिन्छु ।’ उनले यो बेलामा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर नागरिकलाई सचेत र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारको मुखमात्र ताकेर बस्न नहुने भन्दै गाउँमा यस्तै प्रकारका अभियान पनि चलाएका छन् ।

उनले केही दिनअघि हिमा गाउँपालिकाका सबै वडाहरुमा ६ हजार एक सय मास्क वितरण गरेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा पराजित भए पनि गाउँवासीको हितमा विविध काम गर्दै आएका छन् । ‘गत वर्षको कोरोना संक्रमणका बेलामा पनि गाउँपालिका मात्र नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री बाँडेको थिँए’ उनले भने ‘गाउँवासीलाई अप्ठेरो पर्दा म चुपचाप बस्नु हुँदैन भनेर सक्रियता देखाएँ ।’ उनले गत वर्ष पनि झण्डै १० हजारभन्दा मास्क वितरण गरेका थिए ।

कोरोना भाइरसको संक्रमणका बेला स्थानीय सरकारले सक्रियता देखाउनुपर्ने उनको भनाई छ । ‘यो अहसज बेलामा कसैले पनि राजनीतिक रुपले हेर्नु हुँदैन, संकटको सामना गर्न सबै एकजुट बन्नुपर्छ’ उनले भने ‘सरकारले जति गर्नुपर्ने हो त्यो गरेन त्यसैले पनि राजनीतिक दल र व्यक्तिहरु सक्रिय भएर जनताको जीवन बचाउनेतिर लागनुपर्ने बेला भएको छ ।’ उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्तै प्रकारको समाजसेवा गर्ने जनाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *