सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

२०७८ असार १८, शुक्रबार २२:२५ गते २०७८ असार १८, शुक्रबार २२:२५ गते २०७८ असार १८, शुक्रबार २२:२५ गते

शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ ।यता, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

काठमाडौँ ।प्राय सबै हिन्दुंहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल पनि दिएको हुनसक्छ ।

वास्तु अनुसार तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।

घरमा तुलसीको बिरुवा छ भने यसले समस्या आउनु अगाडिनै सचेत गराउँछ । यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ ।

यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।

तुलसीका चमत्कारिक उपाय

यदि तपाईका सन्तान तपाईले भनेको मान्दैनन् भने तुलसीको बिरुवा पुर्वी दिशामा रोप्नु पर्दछ । सोही तुलसीका ३ पात कुनैपनि तरिकाले खुवाएमा चमत्कारिक बद्लाव देखिन्छ। जसका कारण तपाईका सन्तान तपाईले भनेको मान्न थाल्दछन् । ध्यान दिनुहोस् मंगलबार र आईतबार भने तुलसीको पात टिप्नु राम्रो हुँदैन।

छोरीको विवाह हुन कठिन भएको छ भने विवाहयोग्य छोरीलाई दैनिक रुपमा तुलसीको विरुवामा जल चढाएर ५ पटकमा परिक्रमा गरेमा यो समस्या टाढा हुने गर्दछ । श्रद्धा एवं विश्वासका साथ यो उपाय अपनाउनाले तुलसीको कृपा प्राप्त हुने र शिघ्र विवाह सम्पन हुने विश्वास रहँदै आएको छ।

कारोबारमा मन्दी लागेको छ भने तुलसीको बिरुवा पश्चिम दिशामा राख्नु पर्दछ । सोही तुलसीको बिरुवामा प्रत्येक दिन बिहान गाईको काँचो दुध मिठाई चढाउने गरेमा व्यापार चम्किन थाल्दछ ।

घरमा कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्दा वास्तुदोष हटेर जान्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *