विमानभित्र यात्रुले निरन्तर पादेपछि विमान आकस्मिक अवतरण

२०७८ असार १९, शनिबार ०६:३५ गते २०७८ असार १९, शनिबार ०६:३५ गते २०७८ असार १९, शनिबार ०६:३५ गते

विमानभित्र यात्रुले निरन्तर पादेपछि विमान आकस्मिक अवतरण
एजेन्सी –हाल सालमै दुबईबाट नेदरल्यान्ड्सको एम्सटर्ड्याम गइरहेको एक विमान अस्ट्रियाको भिएनामा आकस्मिक अवतरण गर्नुपरेको छ।विमानको एक यात्रीले पादेपछि पाद बेस्सरी गनाएर अन्य यात्रुलाई गाह्रो पर्यो अनि उडानकै क्रममा झगडा हुन थाल्यो।यो घटना ट्रान्सेभिया एयरलाइन्स एचभी६९०२ मा भएको थियो ।

पेटमा ग्यास भरिने समस्या भएका एक यात्रीले लगातार पादेपछि उनीसँग रहेका दुई यात्रीहरूले आपत्ति उठाए।पदुवा यात्रीले पाद रोक्न कोशिश नगरेको भन्दै उनीहरू रिसाएका थिए । उनीहरू विमान कर्मचारीलाई धेरैचोटि गुनासो गरेको भएपनि उक्त यात्रुले अपान वायु छोडेको छोड्यै गयो।

पाद किन रोक्दैनस् भनी दुई यात्रीले उसलाई र्याखर्याख्ती पारेपछि झ गडा चर्किंदै गयो र पाइलटले भियना अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उतार्ने निर्णय गरे।

पाइलटले झगडाको बारेमा खबर गरेर प्लेन अवतरण गर्नेबित्तिकै प्रहरी विमानमा पुग्यो र तीनजनालाई प्लेनबाट निकालिदियो।पदुवा यात्रीको स्थिति कस्तो छ भन्ने थाहा भएन तर उससँगै बस्ने दुई महिलाहरूलाई पनि प्लेनबाट बाहिर निकालियो।

प्रहरी प्रवक्ताले यो घटना पादिरहने एक यात्रीका कारण भएको र उसले आफूलाई नियन्त्रण गर्ने कोशिश नै नगरेको बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *