‘अष्ट्रेलिया राम्रो छ तर आउँदा धेरै एक्साइटेड पनि नहुनुहोला, सबैकुरा सोंचेको जस्तो हुँदैन’

२०७८ असार २४, बिहीबार २०:२६ गते २०७८ असार २४, बिहीबार २०:२६ गते २०७८ असार २४, बिहीबार २०:२६ गते

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक’ शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको एडलेडमा बसोवास गरिरहनुभएकी नितु बन्जरासंगको कुराकानी प्रस्तुत गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ? अष्ट्रेलिया कहिले आउनुभएको हो ? काठमाडौं, कोटेश्वर हो। अष्ट्रेलिया आएको चाहिं दुई वर्ष पुग्यो।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो ?
नेपालमा नर्सिङ्ग पढेकी हूँ। अनि ब्याचलरमा नर्सिङ्ग गर्नका लागि अष्ट्रेलिया आएँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
पढ्दैछु। अहिले फ्लिनडर्स युनिभर्सिटीमा ब्याचलर दोस्रो वर्ष पढ्दैछु। अनि काम पनि गर्छु।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सोंचेको भन्दा त हरेक कुरा फरक नै हुन्छ। तर यता आएकाहरुको कुराहरु सुनिरहेकोले त्यस्तो धेरै फरक अनुभव भएन।

काम पाउन कत्तिको गाह्रो भयो ?
त्यति धेरै गाह्रो भएन।

अष्ट्रेलियामा बस्दाका सकारात्मक कुराहरु के-के हुन् ?
यहाँ सबै आफ्नो काममा व्यस्त छन्। कसैले कसैको चियो-चर्चो गर्दैन। नियम-कानुन राम्रो छ, सिस्टम राम्रो छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
परिवारदेखी टाढा भइन्छ। चाडपर्व एकदम मिस हुँदोरहेछ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
सहयोगी हुनुहुन्छ। कार्यक्रमहरु भइराख्छन्, रमाइलो लाग्छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नयाँ आउने विद्यार्थीलाई यहाँको केही थाहा हुँदैन, त्यसैले दु:ख हुन्छ धेरै। नयाँ आउने विद्यार्थीलाई काम खोज्न सहयोग गर्ने, मोटिभेट गर्ने गरिदिए हुन्थ्यो जस्तो लाग्छ।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
एकदमै धेरै आउँछ। कहिल्यै पनि घर नछोडेको मान्छेलाई धेरै गाह्रो हुन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
समयको महत्व सिकायो। र, आत्मनिर्भर बन्न सिकायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउने मन छ भने आउनुस्। राम्रो छ। आत्मनिर्भर भइन्छ। तर आउँदा धेरै एक्साइटेड नहुनुहोला। यहाँ गाह्रो पनि छ। सबैकुरा आफूले सोंचेजस्तो हुँदैन।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
छोराछोरी अष्ट्रेलिया गएर कसरी बस्लान् भनेर चिन्ता नलिनुहोला। यहाँ आएपछि सबै सिकिन्छ। जसले पनि परेपछि सिक्ने त हो। अनि सन्तानलाई साथ दिनुहोला, यहाँ गाह्रो हुँदा, हिम्मत बढाईदिनुहोला।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *