नेवार घरबेटी र शिक्षामन्त्री हात धोएर लागेकी रुपा सुनारलाई झट्का, सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । दलित अभियन्ता रुपा सुनारको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अनुसन्धान कहाँ पुगेको छ, यसमा के कसो भएको भनेर विपक्षीसँग लिखित जवाफ मागेको छ । तर रुपाले मागेअनुसार अन्तरिम आदेश दिएन ।
जातीय भेदभाव गरयो भनेर रुपा घरबेटी सरस्वती प्रधान, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई विपक्षी बनाई अदालत गएकी थिइन् । उनले शिक्षामन्त्रीको बर्खास्ती, घरबेटी प्रधानलाई जेल हाल्नुपर्ने माग गरेकी छन् । तर त्यसलाई सर्वोच्चले पहिलो सुनुवाइमा अस्विकार गरेको छ ।
सर्वोच्चले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने बिषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । साथै बिषयको गाम्भिर्यतालाई मध्यनजर गर्दै छिटो टुङ्ग्याउन मनासिब देखिएकाले अग्राधिकार समेत दिएको छ ।
रुपा यसअघि घरबेटीविरुद्ध प्रहरी र मानव अधिकार आयोग पनि पुगिसकेकी छन् । पश्चिममा डलरेहरुको उक्साहटमा रुपाले नेवार र दलित समुदायबिच दुरी बढाउने गरी एकपछि अर्को कदम चाले पनि असफल हुँदै आएकी छन् ।I
Views: 0