एनआरएनए पदाधिकारी (ओबी) बैठकमा उपाध्यक्ष लामा र महासचिब शर्माबिच विवाद

२०७८ असार २५, शुक्रबार २०:३१ गते २०७८ असार २५, शुक्रबार २०:३१ गते २०७८ असार २५, शुक्रबार २०:३१ गते

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए)को इतिहास मै पहिलो पटक नवनिर्वाचित कार्य समितिलाई सपथ ग्रहण गर्नबाट रोक्न खोजेको भन्दै एनआरएनएका केन्द्रिय उपाध्यक्ष सोनाम लामाले महासचिव हेमराज शर्मालाई एनआरएनएको ओबि मिटिङ्गमा नै चेताबनी दिएका छन ।

भर्चुअल माध्यमबाट बिहीबार बसेको एनआरएनएको पदाधिकारी (ओबी) बैठकमा लामाले गत जुलाई ३ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाको सपथ ग्रहण रोक्न तिकडम गरेको भन्दै महासचिव शर्मालाई केन्द्रिय अध्यक्ष तथा अन्य पदाधिकारीकै सामु हप्काएका हुन र अब आईन्दा यस्तो कार्य नगर्न चेताबनीसमेत दिएका हुन ।

‘ म एक जना उपाध्यक्ष अमेरिकामा हुँदाहुँदै तपाईंले अर्को उपाध्यक्ष बद्रि केसीलाई अमेरिका किन पठाउनु भयो ? बेलायतमा एकपक्षीय निर्वाचन समिति गठन गरेर किन ताण्डव मच्चाएको ?” भन्दै उपाध्यक्ष लामाले प्रश्न गरेपछि शर्माले आफु त्यस्तो काममा सामेल नभएको स्पष्टीकरण दिएका थिए । उनले उपाध्यक्ष लामालाई आफ्नो शब्द फिर्ता लिन भने पछि लामाले आफ़्नो भनाइ कुनै हालतमा फिर्ता नलिने बताउदै आफुले एनआरएनएमा गरिएका मनोपोलिको भण्डाफोर गरेर नै छाड्ने बताए ।

“जसरि पनि शपथ ग्रहण रोक्नु” भनि महासचिव शर्माले पठाएको भनिएको मेसेजको स्क्रिन शट आफुहरुसंग सुरक्षित रहेको लामाले बताए । उनले आफु र रबिना थापा दुई दुई जना उपाध्यक्ष अमेरिकाबासी नै हुदा हुदा शर्माको योजनामा उपाध्यक्ष केसीलाई अधिबेसन भाडन पठाएकोप्रति आफ्नो ठुलो आपत्ति रहेको जनाउदै सँस्थाको नाममा कुनै पनि पदाधिकारीले मनोपोली गर्न नमिल्ने बताए । शपथ ग्रहण रोकेपछि सुनील शाहको कार्यसमिति लाई नै डेलिगेट्स छान्न जिम्मा दिने योजना महासचिव शर्मा, उपाध्यक्ष केसी र सचिब गौरी जोशीको रहेको उक्त बैठकमा सहभागी एक पदाधिकारीले जनसवाललाइ बताए ।

तर एजीएममा भाग लिन अमेरिका पुगेका उपाध्यक्ष केसी सभास्थलमा विवाद शुरु भएपछी हतार हतार अन्यत्र लागेका थिए । पुर्व अध्यक्ष सुनील शाहले केसि,शर्मा र जोशीको सो योजना कार्यन्वयन गर्न असफल भएपछि अहिले शर्मा पक्षले उनको आलोचना गर्दै न्यूयोर्कमा भएको भाडभैलोका लागि एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा केशव पौडेल माथि दोष लगाउने प्रयास गरि रहेको छ ।

३१ जुलाई भित्र एनसीसीहरुको अधिवेशन तथा चुनाव भै सक्नुपर्ने भएकाले उपाध्यक्ष केसी तथा महासचिव शर्माले अधिकांश एनसीसीहरुमा आफु खुसि निर्वाचन समिति गठन गर्ने, डमी उम्मेदवार उठाउने, डेमोक्रयाटहरुलाई आपसमा भिडाउने रणनीति अपनाइ रहेका छन । स्मरणीय छ, आफुलाई डेमो क्र्याट बताउने शर्माले नेकपा एमालेको ओली समूह निकट उपाध्यक्ष केसीसंग साँठगांठ गरी आइएलओ भ्रस्टाचार काण्डलाई पनि गुपचुप पार्न प्रयास गरिरहेका छन् । युएइमा आइएलओ परियोजनामा गरिएको बाईस हजार डलर घोटालाको विवरण सार्वजनिक भएपछि केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन समेत केसी र शर्माले सार्वजनिक गर्न नदिएको संघका एक पदाधिकारीले बताएका छन् ।

उक्त समितिले आईएलओ घोटालामा युएईका अध्यक्ष प्रकाश कोईराला र उपाध्यक्ष पासाङ्ग शेर्पालाई नै कारबाहीको सिफारिस गरे पनि उपाध्यक्ष केसि र महासचिब शर्माले कोईरालालाई अत्यन्त न्युन र पासाङ्गलाई कारबाहीमुक्त नै गरिदिएका थिए । उक्त बैठकमा मध्यपुर्व संयोजक प्रविन गुरुङ र उपसंयोजक मनोज गोर्खालीले पनि महासचिब शर्माले मनोपोली गरेको भन्दै बिरोध गरेका थिए भने उपसंयोजक गोर्खालीले विश्वका अन्य देशमा लागु नगरिएको सेल्फी सिस्टम महासचिब शर्माकै जोडबलमा युएईमा लागु गरि अन्याय गरेको बताएका थिए । उनले युएईमा सदस्यता लिन ईच्छुक हजारौलाई सदस्यता वितरण गर्न बर्तमान नेतृत्व चुकेको दाबी गरे बैठकमा अध्यक्ष कुमार पन्तले युएईको सेल्फिको बारेमा आफुलाई जानकारी नभएको बताउदै कुनै पनि क्षेत्रमा देखा परेका समस्याहरु क्षेत्रगत रुपमै संयोजक र उपसंयोजकले हल गर्नुपर्ने र तेहा समाधान नभएमात्रै केन्द्रले हेर्न निर्देशन दिएका छन । पन्तको यो भनाईसँगै महासचिब शर्माले अध्यक्षलाई गुमराहमै राखेर संस्थामा आफ्नो मनोपोली गरेको देखिन्छ । संघका महासचिब हेमराज शर्माले भने आफु र सोनाम लामाबीच खासै विवाद नभएको बताए । janasawal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *