सिरहा ,२६ असार : प्रदेश नम्बर २ मा पर्ने एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित
अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ ।
नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।
सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।
जानकारी अनुसार, कार्यालय प्रमुख सिँहको विदाई कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै दारु पार्टी गरेको हो ।
तस्विरमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रीन सिग्नेचर (रक्सीको ब्राण्ड) को बोतल सहित ग्लासमा समेत मदिरा देखिएको छ ।
सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्विरहरुमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको हो ।
कार्यालयभित्रै दारु पार्टीको तस्विर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्विरहरु हटाएका छन् । सभार: satyasuchana.com
Views: 0