धेरैको भाग्य बनाईदिएका भाग्य न्यौपाने कता हराए ?

२०७८ असार २९, मंगलवार १४:२८ गते २०७८ असार २९, मंगलवार १४:२८ गते २०७८ असार २९, मंगलवार १४:२८ गते

धेरैको भाग्य बनाईदिएका भाग्य न्यौपाने कता हराए ?
अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र । पुर्बेली लबजमा क्यामेरामा बोलेर लाखौको मनमा बसेका सयौलाई सहयोग गरेका व्यक्ति हुन् युटुबर भाग्य न्यौपाने ।

ताप्लेजुंग मा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने आफ्नो कर्मले लाखौको मनमा बसे चारैतिरबाट रकम संकालन गरेर हजारौलाई सहयोग गरे र धेरैको भाग्य बनाए ।

अध्यनका लागि मलेसियामा पुगेका भाग्यलाई नेपाल मै फर्किएर केहि गर्ने आट जाग्यो अनि मलेसियाबाटै शुरु गरेका थिए तात्तातो खबर डट कम ।

तात्तातो खबर डट कममा उनले नेपाली समाचारहरु पोस्ट गर्ने थाले ।अनि उनीले निधो गरे अब नेपाल फ़र्किएरै केहि गर्छु। नेपाल आएपछि शुरुमा हास्यकलाकार किरण केसीको अन्तरबार्ता लिएर ततातो खबर युटुब च्यानलमा सार्बजनिक गरे । त्यो भिडियो खुबै भाइरल भयो ।

पत्रकारितामा कुनै अध्यन नगरेका भाग्य न्यौपानेलाइ यो क्षेत्रमा लागि रहन त्यहि भिडियो कोशेढुंगा साबित भयो । युट्युबमा अन्तर्वार्ता लिएर उनि सेलिब्रेटी नै बनेका छन ।निरन्तर कर्म गर्दै गएका भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदियो। गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।

समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहे ।केही वर्षयता नाम र दाम दुवै कमाएका भाग्य पछिल्लो समय समाजसेवामा पनि जोडिए । जसकारण भाग्यका फ्यान दिनानुदिन बढ्दै गए ।

झापा पुगेर उनले अहिलेका बालगायक अशोक दर्जीको अन्ततर्वार्ता लिएका थिए । त्यसपछि अशोक दर्जी पनि एकाएक चर्चामा आए । भाग्य न्यौपानेले ल्याएका धेरै भिडियो अन्तार्वार्ता चर्चित बने । गाउँगाउँ पुगेर अन्तर्वार्ता लिन उनलाई भ्याइनभ्याइ थियो उनि मलेसियामा छँदा धनीको है गरीबको नै अन्तवार्ता लिने प्रण गरेर फर्किएका थिए ।’

भाग्यले अन्तर्वार्ता ल्याउन शुरु गर्दा यस्ता विषयवस्तु मिडियाको नजरमा पुग्दैनथे ।‘भुइँचालो जाँदा होस् या अरु बेला मैले त्यस्तै समाजमा पछि परेका कथालाई पात्र बनाए, कतिले त अन्तर्वार्ताकै कारण सहयोग पनि पाए ।अहिले त भाग्य न्यौपानेले जस्तो नयाँ पात्र र विषयको खोजी गरेर अन्तर्वार्ता लिने चलन नै बसेको छ ।

उनले कति बिरामीलाई भेटेर आफूले सहयोग गरेको र कतिको लागि सहयोग जुटाए । निरन्तर रुपमा सक्रिय भएर समाजका प्रतिभाको खोजी गरिरहेका भाग्य न्याैपाने अहिले गुमनाम छन् ।

कोइ बिरामी परे होस् चाहे कोइ खान नपाए होस् उनि सहयोग लिएर पुग्थे ।कतै नया प्रतिभा भेटीए क्यामेरा लिएर पुगी हाल्थे ।तर झण्डै तिन महिना यता भाग्य कहिँ कतै देखिएका छैनन् ।उनले आफ्नो सामाजिक संजालहरूमा पनि कुनै पोस्ट गरेका छैन् । युटुब च्मायानलमा निरन्तर भिडियो पोस्ट गर्दै आएका भाग्य न्यौपानेले आफुले चलाउदै आएका ततातो खबर, भाग्य न्यौपाने युटुब च्यानलमा कुनै भिडियो पोस्ट गरेका छैनन् ।

लाखौको मनमा बसेका हजारौलाई सहयोग गरेका भाग्य न्यौपाने बिजय शाहीको भिडियो सार्बजनिक गरेपछी भने केहि बिबादित बनेका थिए ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *