राष्ट्रिय अनुसन्धानमा कोइ जिल्ला किन्दै त कोइ थरकाउदै सरुवा

२०७८ असार ३१, बिहीबार १०:४४ गते २०७८ असार ३१, बिहीबार १०:४४ गते २०७८ असार ३१, बिहीबार १०:४४ गते

केहि बिबादमा नआए नियमित १ बर्षमा सरुवा गर्नुपर्ने प्रावधान राखिएको राष्ट्रिय अनुसन्धानमा यो पटक ८ महिनामा नै सरुवा गरेको छ।  यो आठ महिनाको सरुवा धरै रोचक र फरक रहेको छ।  केहि समय पहिले आफना निकटका मात्रै डिएसपी लाइ एसपी बनाएको भनि बिबादित भएका विभागीय प्रमुख गणेश प्रशाद अधिकारीले दुर्गम जिल्ला बसी नम्बर कमाएकालाइ प्रमोशन नदिई काठमाडौँ आफु निकट बसेकालाइ मात्र प्रमोशन गरेका थिए।

८ महिनामा नै नियम मिची एसपी को सरुवा गरि पुन एकपटक अधिकारी बिबादित भएका छन्। कास्की, कपिलबस्तु, मकवानपुर जिल्लाका प्रमुखहरु बढुवा तथा अवकाश भएका तथा सर्लाही, सुर्खेत र बर्दियाको कार्य सम्पादन कमजोर भएको मौका छोपी गोर्खा, तनहुँ, चितवन र भक्तपुर पनि सरुवा गरेका छन्।

कास्की भर्खरै एसपी भएका अधिकारीका प्रिय पात्र मनोज ढकाल गएका छन् भने मकवानपुर पुराना एसपी पप्पु शर्मा गएका छन्। सुर्खेत जयेन्द्र उपाध्याय पुगेका छन् भने बर्दिया नया एसपी प्रज्वल खड्का पुगेका छन् यस्तै सर्लाही कमजोर कार्यसम्पादन गरेको भनि दिलिप सिंह लाइ हटाएर आइ टि बिज्ञ चन्दन झा पुगेका छन्।

यो नियमित प्रक्रिया नै थियो तर रोचक कुरा के छ भने ८ महिना पहिले मात्रै गोर्खा सरुवा भएका टेकराज तिमिल्सेनाले सरकार पक्षीय एमाले नेता सुबास नेवाङ्ग बाट पावरको भरमा फोन गराई तथा युवा संघका निबर्तमान अध्क्षय बच्चन बहादुर सिङ्ग लाइ आर्थिक प्रलोभनमा लिई आफनो सरुवा भक्तपुर जिल्ला गराउन सफल भएका छन्।

सिंहले उक्त जानकारी नेता महेश बस्नेतलाइ पनि नगराएर महेश बस्नेत मार्फत अधिकारीलाई तिमिल्सेना नै पठाउनु पर्ने निर्देशन दिएका थिए।तिमिल्सेना २०६४ सालमा बर्दिया देखि दुबई जागिर जान भनि काठमाडौँ आएका थिए तर काँग्रेस कार्यकर्ताका छोरा भएका कारण बर्दियाका सांसद संजय गौतमले छड्के प्रक्रिया बाट सुशील कोइरालालाइ हार गुहार गरि अधिकृत बनाएका थिए।

यस्तो सरुवाको सुइँको पाएका बिभाग भरि हिम्मति र बौद्धिक अधिकृत भनि चिनिएका शेर बहादुर चन्दले या त यो बेसमयको सरुवा रोक्नु पर्ने या आफुलाई पनि ललितपुर सरुवा गर्नु पने भनि विभागीय प्रमुख गणेश अधिकारीलाई धम्क्याएर ललितपुर जान खोज्दा विभागीय प्रमुख अधिकारीले तपाइलाई चितवन जिल्ला सरुवा गरि दिन्छु तपाई चुप लागि दिनुस ललितपुरमा एसएसपी राख्छु भनि भनेका थिए।

श्रीमती र साला टेकराज कै भर्ना गर्नुस २/२ भतिजा टेकराज कै भर्ना गर्नुस, अब बिभाग पनि टेकराज लाइ नै दिनुस भनी बम्कियेपछी अधिकारी चन्द देखि डराएर बाध्य भएको बुझिएको छ।  टेकराज तिमिल्सेना भक्तपुर, भक्तपुरका इमान्दार सोझा पुराना एसपी बिकाश पाण्डे लाइ हेटौडा तालिम केन्द्र र तालिम केन्द्रका एसपी सुदीप अधिकारी गोर्खा सरुवा भएका छन्।

यसरि सामान्य एसपी चन्द जति नसक्ने गणेश अधिकारीले सर्बेन्द्र खनालका भाई उत्तम खनाल लाइ चितवनबाट चन्दको जिल्ला तनहुँ पठाएका छन्।यी सबै ८ महिना पहिला सरुवा भएका एसपी हुन् ।  अझ अच्चम्म लाग्ने कुरा के छ भने चन्दलाइ सुइँको नदिई टेकराज तिमिल्सेना लाइ बोकी हिन्ने बच्चन सिङ्ग चन्दका भाई पर्ने व्यक्ति तथा मिल्ने साथी हुन् तथा एक्कै निर्वाचन क्षेत्र कन्चनपुरका बासिन्दा हुन्।

२०५१ साल देखि २०५७ साल सम्म कोइ काबिल अधिकृत भर्ना नभएका भनि आलोचित हुदै आएको राष्ट्रिय अनुसन्धानमा २०६० पछिको यो बेचका सबै छड्के प्रक्रियाबाट आएका अधिकृत हुन्।  आफु भन्दा १ बर्ष सिनियर धादींग जिल्लाका प्रमुख सुरेन्द्र कोइराला र टेकराज तिमिल्सेना संग संगै प्रमोशन भएका चन्दलाइ २०६८ पछिका लोक सेवा बाट आएका सबै अधिकृत हरुले रुचाउने गरेका छन् भने पावर र पैसामा मात्रै खेल्ने तिमिल्सेना र कोइराला मिलि चन्दको प्रभाव रोक्न अनेक प्रयत्न्न गर्दै आएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *