‘माधव नेपाल जिन्दावाद’ भन्दै ‘अखिल फोर्स’ गठन, माधव नेपालको घर घेर्न आउनेको खुट्टा भाँ’चि दिने चे’तावनी

२०७८ असार ३१, बिहीबार १९:०३ गते २०७८ असार ३१, बिहीबार १९:०३ गते २०७८ असार ३१, बिहीबार १९:०३ गते

काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् ।

ओलीनिकट युवाहरुले माधव नेपालमाथि आ क्रमणको आ क्रोश पोखिरहेको र घर घेर्ने चेतावनी दिएको भोलिपल्टै नेपालनिकट युवाहरुले अखिल फोर्स गठन गरेका हुन् ।

उनीहरुले माधव नेपालको घर घेर्न आउनेहरुको खु ट्टा भाँ चि दिने समेत चे’तावनी दिएका छन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ बनाएका हुन्।

तपेन्द्रजंग शाहीको नेतृत्वमा पाँच सय एक सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाललगायतका आफ्ना नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहार प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताए ।

अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुदेश पराजुली वरिष्ठ नेता माधव नेपाललाई आ क्रमणको चेतावनी दिनेहरुमाथि कडा रुपमा प्रस्तुत भएका थिए । अखिल फोर्सको अध्यक्षमा तपेन्द्र शाही छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *