काठमाडौं उपत्यकामा अहिलेकै अवस्थामा निषेधाज्ञा थप भएको छ। बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अहिलेकै अवस्थामा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थप भएको समयमा पनि लामो दूरीका यातायात सञ्चालन हुन पाउने छैनन्। तर अत्यावश्यक कामले काठमाडौं आउजाउ गर्न भने दिइने उल्लेख छ। होटल तथा सञ्चालनका लागि पनि यसअघिकै व्यवस्था कायम गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले यस्तो निर्णय गरेका हुन्।
आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश
सभार:ताजा खबर
Views: 0