राष्ट्रपति कार्यालयले नमानेपछि पहिलो पटक महान्यायाधिवक्ताले सर्वोच्च अदालतमै सपथ लिँदै

२०७८ श्रावण १, शुक्रबार १८:३७ गते २०७८ श्रावण १, शुक्रबार १८:३७ गते २०७८ श्रावण १, शुक्रबार १८:३७ गते

काठमाडौ । राष्ट्रपति कार्यालयले कानुन अनुसार नै सपथ लिनु भनेपछि पहिलो पटक महान्यायाधिवक्ताले सर्वोच्च अदालतमै सपथ लिन लागेका छन् । पहिलो पटक परम्परा तोड्दै सर्वोच्च अदालतमा सपथ लिन लागिएको हो । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयमा सपथ लिन चाहेका थिए । यस अघिका महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालयमै सपथ लिँदै आएका थिए ।

तर राष्ट्रपति कार्यालयले नमानेपछि खामले शुकवार सर्वोच्च अदालतमा लिने भएका हुन् । कानुनी रुपमा प्रधानन्यायाधीशसँगै शपथ लिने व्यवस्था रहेकाले सोही अनुसार गर्न राष्ट्रपति कार्यालयले भनेपछि सर्वोच्च अदालतमै सपथको तयारी गरिएको हो । अबदेखि राष्ट्रपतिबाट शपथ लिनेबाहेकले शीतलनिवासमा शपथ नगर्ने बताइएको छ।

यसअघि केपी ओली प्रधानमन्त्री हुँदाका दुवै महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए। गत चैतमा नियुक्त भएको महान्यायाधीवक्ता रमेश बडालले र त्यसअघि अग्नि खरेलले पनि राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए।

यसअघि लोकसेवा आयोगका प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशले पनि सर्वोच्चमै शपथ लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed