अचानक किन रोकियो काठमाडौको खोप कार्यक्रम ? सूचना हेर्नुस्

२०७८ श्रावण १, शुक्रबार १९:०८ गते २०७८ श्रावण १, शुक्रबार १९:०८ गते २०७८ श्रावण १, शुक्रबार १९:०८ गते

काठमाडौ । काठमाडौमा सुरु भएको खोप कार्यक्रम अचानक स्थगीत भएको छ । खोप अभाव भएको भन्दै काठमाडौंमा जारी खोप अभियान स्थगित गरिएको जानकारी गराइएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन गरिएको जानकारी दिएको छ ।

असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो। तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ। सरकारले चीनबाट खरिद गरेको मध्ये ८ लाख मात्रा खोप ल्याएपछि खोप अभियान सुरु गरिएको थियो।

अर्को समाचार,चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ । यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

त्यसैगरी नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed