भ्याक्सिन लगाएका केहीलाई प्यारालाइसिसको समस्यापछि एफडीएको नयाँ चेतावनी

२०७८ श्रावण २, शनिबार १४:४७ गते २०७८ श्रावण २, शनिबार १४:४७ गते २०७८ श्रावण २, शनिबार १४:४७ गते

भ्याक्सिन लगाएका केहीलाई प्यारालाइसिसको समस्यापछि एफडीएको नयाँ चेतावनी जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो ।एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ ।

एकजनाको भने मृत्यु भएको जनाइएको छ । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला सभार:deuti post

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *