फेरी हराईन २१ बर्षीय युवती, ११ दिन देखि बेपत्ता छिन कल्पना , खोजिदिन परिवारको आग्रह

२०७८ श्रावण २, शनिबार २२:११ गते २०७८ श्रावण २, शनिबार २२:११ गते २०७८ श्रावण २, शनिबार २२:११ गते

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. ५ बालकुमारी घर भएकि २१ बर्षीय कल्पना बि.क. बिगत १० दिन देखि बेपत्ता भएकि छिन । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा न.२ मा बिगत २ बर्षदेखि बस्दै आएकि उनी असार २३ गतेबाट हराइरहेको हुँदा खोजीको लागि परिवारले सबैमा आग्रह गरेको छ । उनका श्रीमान रामकुमार बि.क.का अनुसार उनी असार २३ गते करिव २ बजे घरबाट बजार जान भनेर बाहिर निस्केको र त्यसपछि उनी सम्पर्कबिहिन भएको बताएका छन् ।

कहिँ कतै गएको भए आउने आशामा परिवारले एक दिन हेरेको भएपनि उनी घर नआएपछि परिवारले प्रहरीमा खोजि कार्यको लागि निबेदन दिएको थियो । बुढानिलकण्ठ प्रहरी कार्यालयमा असार २४ गते हराएको हुँदा खोजि गरिदिन निबेदन दिएको थियो । उनका श्रीमान दैनिक ज्याला मजदुरी गर्दै आइरहेका छन् भने उनी घरमा नै बस्ने गर्दथीइन। उनीहरुको बिबाह भएको सात बर्ष भएको र काठमाडौँमा बिगत २ बर्षदेखि २ जना मात्रै बस्दै आइरहेको उनका श्रीमान रामकुमारले बताए ।

प्रहरीले कल डिटेल उपलब्ध हुँदासम्म पनि खोजीको लागि कुनै काम नगरेको र केहि समयपछि फर्केर आउनसक्ने भन्दै केहि दिन हेर्न भनेको भन्दै गुनासो गरेका छन् ।कल्पनाको खोजीको लागि अहिले सबै परिवार लागेको बताउदै बि.क.ले कसैले उनलाई देखे वा भेटमा परिवारलाई सम्पर्क गरिदिन वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेका छन् ।

सम्पर्कबिहिन भएको दिनदेखि मोबाइल अफ भएपनि केहि दिन अघि अन भएको र फोन सम्पर्क गर्दा फेरी अफ आएको बि.क.ले बताएका छन् ।उनले आफ्नो मोबाइल न. ९८६५३३३०७६ वा कल्पनाका पिता राम बहादुर सुनारको ९८१३५६१५९५ मा सम्पर्क गरेर जानकारी दिई सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *