अचानक स्वस्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना भईन हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’कि चम्सुरी, के भयो उनलाई ?

२०७८ श्रावण २, शनिबार २३:०२ गते २०७८ श्रावण २, शनिबार २३:०२ गते २०७८ श्रावण २, शनिबार २३:०२ गते

काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् । जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् । विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् । उनकै निर्देशन अभिनय रहेको सिआइडी सिरियल ‘दृष्टि’ समेत दर्शकले रुचाएका थिए ।

मेरी बास्सै’ टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डंगोल यति बेला अस्पताल’मा उपचार गरिरहेकि छिन । कलाकार दिपाश्री निरौलाले आफ्नो फेसबुकमा पोस्ट गर्दै जानकारी दिएकि छिन्। किड्नी मा समस्या आएर टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा पल्पसा डंगोललाई भर्ना गरिएको जानकारी दिएकि छिन्। त्यस्तै सबै मिलेर स्वास्थ्य लाभको कामना गर्न सबैलाइ अनुरोध पनि गरेकि छिन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *