आउँदो तीन वर्ष यी ४ राशिका लागि भाग्यशाली, शनिदेवको दण्डबाट पाउनेछन् मुक्ति

२०७८ श्रावण ३, आईतवार ०८:०९ गते २०७८ श्रावण ३, आईतवार ०८:०९ गते २०७८ श्रावण ३, आईतवार ०८:०९ गते

काठमाडौँ : न्यायको देवता शनिदेवले नाम्रो-नराम्रो कर्म अनुसार फल दिन्छ। वैदिक ज्योतिषमा शनि ग्रहको ठुलो महत्व छ। शनि एउटै राशिमा अढाई वर्षसम्म रहन्छ। ग्रहहरुमध्ये शनिको गति सबैभन्दा मन्द हुन्छ। त्यस्तै शनिको दशा साढे सात वर्षको हुन्छ। आउँदो तीन वर्ष शनिको प्रभाव कुन राशिमा रहनेछ र कुन-कुन राशि शनिको दशाबाट मुक्त हुनेछ त ?

अहिले शनि मकर राशिमा गोचर गरिरहेको छ। यहीं कारण मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। त्यस्तै धनु, मकर र कुम्भ राशिका जातकामा शनिको साढे साती चलिरहेको छ। कुल मिलाएर हेर्दा शनिको दृष्टि सन् २०२१ मा ५ राशिमा देखिन्छ। शनि मकर राशिमा वक्री चाल चलिरहेको छ र भदौ २६(११ अक्टोबर) सम्म यहीं अवस्थामा रहनेछ।

ज्योतिष अनुसार आउँदो तीन वर्ष यानी सन् २०२२ देखि सन् २०२४ सम्म ४ राशि शनिको दशाबाट पूर्ण रुपमा मुक्त हुनेछ। तिनमा मेष, वृष, सिंह र कन्या राशि पर्दछ।

ज्योतिषाचार्यका अनुसार वैशाख १६, २०७९(२९ अप्रिल सन् २०२२) मा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ, जसले गर्दा कर्कट र वृश्चिक राशिका जातकमा शनिको ढैय्या शुरू सुरु हुनेछ। त्यस्तै मिथुन र तुला राशिका जातक यसबाट मुक्त हुनेछन्। जबकि मीन राशिका जातकमा शनिको साढे सातीको पहिलो चरण सुरु हुनेछ। यति मात्र हैन, मकर राशिका जातकमा यसको अन्तिम चरण र कुम्भ राशिका जातकमा दोस्रो चरण सुरु हुनेछ। धनु राशिका जातकले यसबाट मुक्ति पाउनेछन्।

यहीं वर्षको असार २८ गते(१२ जुलाई) मा शनि मकर राशिमा गोचर गर्दा मिथुन, तुला र धनु राशिका जातक फेरि पनि शनिको दशाको चपेटामा पर्नेछ र यो स्थिति माघ ०३, २०७९(१७ जनवरी २०२३) सम्म रहनेछ। सन् २०२२ मा हेर्ने हो भने मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिका जातकमा शनिको प्रभाव रहनेछ।

यसरी नै सन् २०२३ को कुरा गर्ने हो भने यो वर्ष कर्कट र वृश्चिक राशिका जातकमा शनिको ढैय्या रहनेछ। त्यस्तै मकर, कुम्भ र मीन राशिका जातकमा शनि साढे सातीको प्रभाव रहनेछ। जबकि सन् २०२४मा कर्कट, वृश्चिक, मकर, कुम्भ र मीन राशिका जातकामा शनिको दृष्टि रहनेछ।

ज्योतिषाचार्यका अनुसार शनिदेव सूर्यदेव र उनकी पत्नी छायाका पुत्र हुन्। शनि देवलाई कर्मफल दाता र न्यायको देवता पनि भनिन्छ। शनिदेवले भगवान शंकारको घोर तपस्या गरेका थिए। उनको तपस्याबाट प्रसन्न भएर भगवान शिवले उनलाई नवग्रहमा सर्वश्रेष्ठ ग्रहको वरदान दिएका थिए। उनलाई पृथ्वीलोकको न्यायाधीश र दण्डाधिकारी बनाईएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *