एनआरएनए हङकङमा सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित, अध्यक्षमा गोकर्ण ढकाल(बिज्ञप्ती सहित)

२०७८ श्रावण ३, आईतवार २०:५५ गते २०७८ श्रावण ३, आईतवार २०:५५ गते २०७८ श्रावण ३, आईतवार २०:५५ गते

हङकङ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको नेतृत्वमा गोकर्ण ढकाल निर्वाचित भएका छन्। वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकाल आउँदो २०२१–०२३ कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन्।ढकालको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरिएको हो। आइतबार निर्वाचन समितिले सार्वजानिक गरेको नामावलीमा कुनै पदमा दोहोरो उम्मेदवारी परेको छैन।

नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारी डिल्लीराम विश्वकर्मा पाएका छन्।त्यसैगरी सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन चुनिएका छन्। नयाँ कार्यसमितिमा कविता गुरुङले महिला संयोजक र असिम राईले युवा संयोजकको जिम्मेवारी पाएका छन् ।यस्तै सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा निर्वाचित भएका छन् । हङकङबाट आइसीसी सदस्यमा किसन राई चुनिएका छन् ।नयाँ कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ । संघको अधिवेशन २५ जुलाइमा हुँदैछ । अधिवेशनपछि मात्रै नयाँ कार्यसमितिले सपथ खानेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed