सार्वजनिक यातायातमा लापरवाही : कोचाकोच यात्रु, मनपरी भाडा

२०७८ श्रावण ५, मंगलवार १३:४० गते २०७८ श्रावण ५, मंगलवार १३:४० गते २०७८ श्रावण ५, मंगलवार १३:४० गते

विराटनगर : दोस्रो चरणको कोरोना भाइरस संक्रमण पूर्णरुपमा नियन्त्रण नहुँदै सञ्चालनमा आएका सार्वजनिक यातायातमा झनै जोखिम बढेको छ। सिट क्षमताभन्दा बढी यात्रु राखेर स्वास्थ्य मापदण्ड विपरित सार्वजनिक यतायात सञ्चालन हुँदा यात्रुलाई संक्रमणको उच्च जोखिम बढेको हो ।

प्रदेश १ को राजधानी विराटनगरबाट छुटिने साना तथा ठूला यातायातका सवारीसाधनमा कुनै स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन भइरहेकाले यात्रुलाई जोखिम बढेको हो। भारतीय सिमावर्ती क्षेत्रसँग जोडिएको विराटनगरबाट चल्ने सार्वजनिक यातायातका साधनमा न त स्यानिटाइजर राखिएको छ नत यात्रुलाई मास्क लगाउन अनिबार्य गरिको छ । प्रहरी देख्ने स्थानमा माक्स लगाउनु भन्दै सञ्चालन गर्ने गरेको पाइएको छ ।

सिट क्षमताभन्दा बढी यात्रुलाई राखेर यातायात सञ्चालन गर्दा जोखिम बढेको यात्रु रमेश कटुवालले बताए । विराटनगर र राजविराज चल्ने माइक्रोमा क्षमता भन्दा बढी यात्रु राखेर यात्रु ओसारपसार गरेता पनि ट्रार्फिक प्रहरीले कारवाही नगर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनले बताए ।उनले भाडामा पनि मनपरी गर्ने गरेको बताए ।

चौकचौकमा यात्रुलाई चढाउँदै राजविराजसम्म जाने गरेका माइक्रोमा ढोकामा समेत भुण्डयाएर यात्रुलाई बोक्ने गरेको पाइन्छ। विराटनगर बसपार्कबाट छुटिदा नेमुवासम्म यात्रुको चाप कम भएकाले सिट अनुसार नै यात्रु चढेको हुन्छ , ‘यात्रु ज्योति ठाकुरले भनिन्, ‘सुनसरको दुहवीदेखि भण्डावारीसम्म क्षमताभन्दा दोब्बर यात्रु राख्ने गरेको छ ।’ अगाडी सिट छ भन्दै यात्रुलाई गाडी भित्र हुल्ने गरेको उनले बताइन् ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधान रहेपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।

अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको रमेश यादवले बताए । यहाँ प्रायजसो भारतीयसहित सप्तरी र सिरहाका बिरामी आउने गर्छन्। मोरङका टार्फिक प्रमुख चन्द्रबहादुर खड्काले मोरङमा आफूहरुले निरन्तर अनुगमन गर्दै आएको बताए । नेमुवा कटेपछि दुहवीबाट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको गुनासो आएको उनले बताए ।

आफ्नो कार्यक्षेत्र भन्दा बाहिर हुने गरेकाले तत्काल कारवाही गर्न नसकेको बताउँदै उनले भने, ‘ गुनासोको आधारमा छड्के जाँच गर्दै कारवाही गर्न टार्फिक प्रहरी परिचालन गरेका छौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *