बुटवलकी सोनिया महत यतिबेला टिकटकमा निकै भाईरल छिन् । १५ बर्षकी सोनियाको टिकटक आईडी भने आर्य एम सोनी हो । उनले नाचेर हालेका सबै भिडियोहरु लाखौंले हेरेका छन् । टिकटक खोलेको मात्र १ महिना भन्दा बडि भयो, यतिबेला उनलाई ५ लाख माथिले फलो गरेका छन् । सोनियालाई नेपालीले मात्र हैन बिदेशीले पनि माया गर्छन् । बिदेशबाट पनि आफुलाई धेरै कमेन्ट आउने गरेको उनी बताउँछिन् । पाकिस्तानी, बँगलादेशी उनका प्रशँसकहरु उनको नृत्यमा लोभिन्छन् ।
यसैबिच सोनिया काठमाडौं आएकी छिन् । उनलाई बिभिन्न म्युजिक भिडियोहरुबाट अफर आईसकेपछि उनी काठमाडौंमा छिन् । हालसम्म उनले २ वटा म्युजिक भिडियोमा आफ्नो अभिनय देखाइृसकिन् । टिकटक र म्युजिक भिडियोमा निकै फरक उनको अनुभव रह्यो । केहि भिडियोहरुकै कारण भाइृरल भएकी उनी शिशिर भण्डारीलाई भेट्दा खुशी भईन् । टिकटकका बिकृतिको बारेमा पनि सोनिया बोलिन् । उनले टिकटकमा आफ्नो नाम सोनी राख्नुको कारण भने यस्तो रहेछ । भिडियो हेर्नुस
Views: 0